Shikhar Insurance

एक चौथाई बीमा बजार नेपाल लाइफको कब्जामा, १९ कम्पनीले ६ महिनामा ७१ अर्ब बीमा शुल्क उठाए

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । नयाँ होस् या पुरानो व्यवसाय बढाउन नेपाल लाइफ इन्स्योरेन्स अग्रपंतिमा छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुलाई उछिन्दै नेपाल लाइफले चालु आर्थिक वर्षको ६ महिनासम्म प्रथम र नवीकरण बीमा शुल्क नै सर्वाधिक संकलन गरेको हो ।

बीमा समितिद्वारा प्राप्त तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ६० करोड ९६ लाख रुपैयाँ प्रथम र ५० अर्ब ३० करोड ४२ लाख रुपैयाँ नवीकरण गरी कुल ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा जीवन बीमा व्यवसाय गर्ने सबै कम्पनीहरुले गरेको व्यवसायमा २५.९३ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्म ३ अर्ब ४१ करोड २५ लाख रुपैयाँ प्रथम र १४ अर्ब ९७ करोड ८२ लाख रुपैयाँ नवीकरण गरी १८ अर्ब ३९ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

सो अवधि सर्वाधिक कुल बीमा शुल्क संकलन गर्ने कम्पनीहरुको दोस्रो नम्बर सूचीमा एलआइसी नेपाल, तेस्रोमा नम्बरमा नेसनल लाइफ र चौथो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।

प्रथम बीमा शुल्क संकलनमा भने दोस्रो नम्बरमा नेसनल लाइफ, तेस्रोमा सिटिजनस लाइफ र चौथो नम्बरमा रिलायबल लाइफ इन्स्योरेन्स छन् । साथै, नवीकरण बीमा संकलन तर्फ दोस्रोमा एलआईसी नेपाल, तेस्रोमा राष्ट्रिय बीमा संस्थान र चौथोमा नेसनल लाइफ इन्स्योरेन्स सूचीकृत छन् ।

पुस मसान्तसम्मको तथ्यांक । स्रोतः बीमा समिति

GBIME

प्रतिक्रिया दिनुहोस्