Shikhar Insurance

भाउ बढाउन थेग्नै नसक्ने दबाब भएपनि निगमले कम्तिमा १५ दिन तेलको मूल्य यथावत राख्ने

इन्धन खरिद लागत अहिलेसम्मकै उच्च
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार २०:१३
NIMB
Nabil Bank

काठमाडौं । कम्तिमा १५ दिन नेपालमा पेट्रोलियम पदार्थको मुल्य नबढ्ने भएको छ । भारतबाट भाउन बढेर आएको भएपनि निगमले यो पालि भाउ नबढाउने भएको हो ।

यता इन्धनको खरिद लागत इतिहासकै उच्च भएको छ । अब १ लिटर पेट्रोलको लागत १ सय ६१ रुपैयाँ ५ पैसा पर्ने भएको हो । यो लागतमा इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने ८९ रुपैयाँ ८८ पैसा, सरकारलाई बुझाउनुपर्ने ५८ रुपैयाँ ४८ पैसा कर, ५ रुपैयाँ ३६ पैसा ढुवानी भाडा, ६५ पैसा निगम खर्च, १ रुपैयाँ १३ पैसा प्राविधिक नोक्सानी र विक्रेतालाई ५ रुपैयाँ ५५ पैसा नाफा समावेश छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ रुपैयाँ कायम छ । यो पल्ट भाउ नबढाउँदा निगमलाई एक लिटरमा १९ रुपैयाँ ५ पैसा घाटा हुनेछ । जुन इतिहासकै उच्च हो ।

यसरी निगमले १५ दिनमा २८ हजार ५ सय ७८ किलोलिटर पेट्रोल बेच्दा कुल ५४ करोड ४४ लाख रुपैयाँ घाटा हुनेछ ।

यसअघि पेट्रोलको खरिद मूल्य ८४ रुपैयाँ ३२ पैसा थियो । निगमले भारतबाट अब यसअघिको भन्दा ५ रुपैयाँ ५६ पैसा महंगोमा पेट्रोल किन्नेछ ।

यस्तै डिजेलको लागत मूल्य १ सय ४० रुपैयाँ ४८ पैसा पुगेको छ । डिजलको भाउ प्रतिलिटर भारतले ५ रुपैयाँ ६३ पैसा बढेर आएको हो ।

१५ दिनमा ७३ हजार ३ सय १० किलोलिटर डिजल बेच्दा निगमलाई १ अर्ब १३ करोड ४७ लाख रुपैयाँ घाटा हुनेछ ।

यसरी निगमको १५ दिनको कुल घाटा २ अर्ब ४० करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

भाउ बढेर आएपनि निगमले यसपल्ट नेपाली बजारमा तेलको मुल्य नबढाउने भएको छ ।

यसरी निगमलाई नेपालमा तेलको मूल्य नबढाइ सुख नहुने भएको छ । एकातर्फ अन्तर्राष्ट्रि बजारमा तेलको मुल्य बढिरहँदा र अर्कातर्फ सरकारले सपोर्ट नगर्दा तेलको मुल्य बढाउनुको विकल्प नभएको हो ।

पेट्रोलमा प्रतिलिटर लाग्दै आएको ५९ रुपैयाँ कर केही कम भए निगमको घाटा कम हुने थियो भने उपभोक्ताले पनि उच्च मूल्यको भार थेग्नुपर्ने थिएन ।

यसअघि भारतीय समकक्षी इन्डियन आयल कर्पोरेसनलाई तिर्ने पैसो नभएपछि सरकारले मुल्य स्थिरिकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ जुटाइदिएको थियो ।

यो पल्ट पनि भारतलाई पैसो बुझाउने सरकारले केही बन्दोबस्त गरिदिनुपर्ने स्थिति आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्