Shikhar Insurance

प्राधिकरणको तथ्यांकले देखायो नयाँ गुणस्तरीय टेलिकम सेवा प्रदायकको आवश्यकता, नेटवर्क टेस्टमा ३ वटै झुर !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार ०७:५५
NIMB
Nabil Bank

काठमाडौं । कुनै पनि दुरसञ्चार सेवा प्रदायकले आधरभुत कम्प्लायन्स पुरा नगर्ने पाइएको छ । मोबाइल सेवा गुणस्तर परिक्षण (ड्राइभ टेस्ट) मा सञ्चालनमा रहेका ३ वटै दुरसञ्चार सेवा प्रदायकले आधारभुत मापदण्ड अनुसारको सेवा नदिने गरेको पाइएको हो ।

मोफसलमा त परै जाओस् नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुरसञ्चार सेवा राजधानीमै आवश्यकभन्दा कम गुणस्तरको छ । राजधानीको विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा औसत अंक निकाल्दा यी सेवा प्रदायकले नेपाल दुरसञ्चार प्राधिकरणको थ्रेसहोल्ड (न्यूनतम सीमा) भन्दा निकै तल रहेर सेवा दिएको प्रमाणित हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल दुरसञ्चार प्राधिकरणले कल डायल गरेपछि ९९.९ प्रतिशतभन्दा बढी कल सक्सेस (कल कनेक्ट) हुनुपर्ने थ्रेसहोल्ड तय गरेको छ । तर, नेपाल टेलिकमबाट डायल हुने ८९ प्रतिशत, एनसेलका ९२ प्रतिशत र स्मार्ट सेलका ७२ प्रतिशत कल मात्र सक्सेस हुने गरेका छन् । बाँकी कल नलाग्दै आफैं काटिने गरेका छन् ।

तीनवटै कम्पनीको मोबाइलबाट राजधानिको कुनै पनि स्थानबाट कल गर्दा प्राधिकरणको थ्रेसहोल्डभन्दा माथिको सक्सेस रेट छैन ।

यस्तै प्राधिकरणलले ५ सेकेन्डभन्दा कम अवधिमा कल सेटअप हुनुपर्ने तय गरेको छ । अर्थात् डायल गरेको ५ सेकेन्डभित्र नम्बरमा कल लागिसक्नुपर्ने वा व्यस्त, स्विचअफ वा अन्य जानकारी दिइसक्नुपर्छ । तर, टेलिकमले औसतमा ९.३२ सेकेन्ड, एनसेलले ६.२४ सेकेन्ड र स्मार्टसेलले ११.५४ सेकेन्डमा यस्तो प्रतिक्रिया दिने गरेको छ ।

अर्कातर्फ २ प्रतिशत कलमात्र नेटवर्कको व्यस्तताका कारण असफल हुन पाउने छुट प्राधिकरणले दिएको छ । प्राधिकरणका अनुसार यस्तो दर टेलिकममा ११ प्रतिशत, एनसेलमा ८ प्रतिशत र स्मार्ट सेलमा २८ प्रतिशत छ ।

कल ड्रप रेटमा चाहीँ एनसेल मात्र थ्रेसहोल्ड मापदण्डभन्दा अगाडि छ । एनसेल बाट हुने १.१८ प्रतिशत कलमात्र २ मिटेनभन्दा अघि स्वतः डिस्कनेन्ट हुने गरेको छ । तर, एनटीसी र स्मार्टको यो दर ४.३८ प्रतिशत र १० प्रतिशत छ ।

यी तथ्यांकले घुमाउरो भाषामा नयाँ दुरसञ्चार सेवा प्रदायको आवश्यकता रहेको संकेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्