Shikhar Insurance

भिष्म ढुंगानाले पाएनन् अन्तरिम आदेश, धितोपत्र बोर्डमा हमाल बने नयाँ अध्यक्ष !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । सरकारको बर्खास्तीको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका भिष्मराज ढुंगानाको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । न्यायधीशत्रय मिरा खड्का, आनन्दमोह भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालसले बर्खास्तीको निर्णय रोक्ने अन्तरिम आदेश नदिएको हो ।

यससँगै बोर्डमा ढुंगानाको पुनरागमनको सम्भावना सकिएको छ । यसअघि मंसिर २१ गते सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश दिएको थियो । त्यसपछि फैसला गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

ढुंगानाको बाँकी कार्यकाल बोर्डको नेतृत्व सम्हाल्ने गरी ३ जनाको नाम मन्त्रिपरिषद पुगिसकेको छ । सर्वोत्तम सेयर खरिद प्रकरणमा मुसिएपछि निवर्तमान अध्यक्ष ढुंगाना बर्खास्तमा परेपछि बोर्ड अध्यक्ष पद रिक्त थियो ।

यता ३ जनामध्ये सेयर बजार विज्ञ तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र कृष्णप्रसाद पोखरेललाई उछिन्दै रमेश हमाल अध्यक्ष बनेका छन् । बोर्डको अध्यक्ष पदका लागि दोस्रोपल्ट मागिएको दाबेदारीमा १५ जनाले आवेदन दिएकामध्ये सिफारित तथा छनौट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुमध्ये कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा ३ को नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्