Shikhar Insurance

आगामी त्रैमासदेखि उत्पादनशील क्षेत्रमा जाने कर्जाको ब्याजदर अनुत्पादकभन्दा सस्तो हुने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । आगामी त्रैमासदेखि उत्पादनशील क्षेत्रमा जाने कर्जाको ब्याजदर सस्तो हुने भएको छ । राष्ट्र बैंकले उल्पादनशील क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्दै उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने भएको हो ।

बिहीबार केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षा सार्वजनिक गर्दै आगामी त्रैमासदेखि नै नमुनाको रुपमा कार्यान्यवनमा ल्याउने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्वजनिक समीक्षामा भनिएको छ –‘बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिनेछ । यो व्यवस्था आगामी त्रयमासदेखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइनेछ ।’

यता मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्