Shikhar Insurance

साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको हुँः नवनियुक्त अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ८, आईतवार ११:५३
NIMB
Nabil Bank

काठमाडौं । साना लगानीकर्ताको बचाउमा काम गर्ने प्रतिबद्धता गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्षले पदभार सम्हालेका छन् । बिहीबारको मन्त्रिपरिषदको निर्णयले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेपछि आइतबार उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणको क्रममा अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रमुख उद्देश्य आफुले लिएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘सबैभन्दा ठुलो कुरा साना लगानीकर्ता मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने मार्केटको कहिले पनि दिगो रुपमा विकास हुन सक्दैन,’ पदभार ग्रहण गर्दै बोर्डका अध्यक्ष हमालले भने, ‘मेरो मुख्य उदेश्य भनेकै साना लगानीकर्तालाई कसरी बचाउने, उनीहरुको लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठुलो उद्देश्य हो ।’

बजारलाई स्वास्थ्य र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियम गर्ने नियमकको भुमिका आफूले निभाउने उनले प्रतिवद्धता गरे ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले कार्यभार सम्हाल्दै यसो भनेः

GBIME

प्रतिक्रिया दिनुहोस्