Shikhar Insurance

भन्सार मूल्याङ्कन सन्दर्भसूची नै खारेज गर्नुपर्ने नाडाको माग, राष्ट्र बैङ्कको चेकलाई मान्यता कहिले ?

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यिय प्रतिनिधिमण्डलले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँग भेट गरेको छ । प्रतिनिधिमण्डलले भन्सार सम्बन्धि नीतिगत सुझाव समेत पेश गर्दे विभिन्न समसामयिक विषयमा गरेको नाडाले बताएको छ ।

भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्या उल्लेख गरे । अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूची नै खारेज गरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी सो छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भइरहेकोले त्यसको समाधानका लागि अनुरोध गर्नु भयो ।

अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरु बारे बताउँदै एउटै वस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरि दिनु हुन अनुरोध गरे । त्यसैगरी उपाध्यक्ष रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि अनुरोध गरे ।

सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतीले २०७३ असार २६ गते भन्सार विभाग र नाडा विच भएको सहमतिबारे जानकारी दिँदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिए सँगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । त्यसैगरी महासचिव उप्रेतीले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे ।

छलफलको अन्तमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने छ भनि थप गरिनु पर्ने सुझाव दिँदै नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्