Shikhar Insurance

वाणिज्य बैंकमा रहेको निक्षेप बल्ल बढ्यो, कर्जा ३ गुणा बढीले विस्तार

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:५३
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरूमा रहेको निक्षेप हल्का बढेको छ । फागुनको पहिलो सातामा निक्षेप वृद्धिको लामो खडेरी तोडिएको हो ।

माघमा निक्षेप साढे १३ अर्ब रूपैयाँले घटेको थियो । वाणिज्य बेंकहरूबाट निक्षेप बाहिरिने क्रमले माघमा पनि निरन्तरता पाएकामा फागुनको पहिलो साता हल्का सुध्रिएको हो । पुसमा निक्षेप १३ अर्ब रूपैयाँले कम भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

फागुन पहिलो साता निक्षेप १ अर्ब ३७ करोड रूपैयाँले बढेको छ । माघ मसान्तसम्म ४३ खर्ब १० अर्ब ८५ करोड रूपैयाँ निक्षेप रहेकामा फागुन ६ गतेसम्म ४३ खर्ब १२ अर्ब २२ करोड पुगेको हो ।

निक्षेप बढ्दा कर्जा प्रवाह बढ्ने क्रमले निरन्तरता पाएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले माघ मसान्तसम्म ४१ खर्ब ५४ अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा फागुन ७ सम्म आइपुग्दा कर्जा प्रवाह ४ अर्ब १६ करोड रूपैयाँले बढेर ४१ खर्ब ५९ अर्ब रूपैयाँ पुगेको छ ।

६ दिनको कर्जा विस्तार सोही अवधिको निक्षेप संकलनभन्दा ३ गुणा बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्