Shikhar Insurance

युक्रेन-रुस तनावले तेलको आपूर्ति प्रणाली विथोलिने डर, कच्चा तेल झन् महंगिने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १३:२४
NIMB
Nabil Bank

काठमाडौं । युक्रेन–रुस तनावले विश्वभर आपूर्ति शृङ्खलामा बाधा पुग्न डरले तेलको मूल्य बढेको छ । यो तनावले निरन्तरता पाए अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झन् महंगिने अनुमान लगाइएको छ ।

रुसले पूर्वी युक्रेनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएपछि मङ्गलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको फ्युचर्स मूल्य ७ वर्षकै उच्च ९८ डलर पुगेको छ। बेलायत र धेरै पश्चिमी सहयोगीहरूले रूसमाथि प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

साउदी अरेबिया पछि रूस विश्वको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । रूस विश्वको सबैभन्दा बढी नेचुरल ग्यास उत्पादक हो।

म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन सीमा तनावले ठूलो प्रभाव पार्न सक्ने बताउँछिन् । रूसलाई कम कच्चा तेल वा नेचुरल ग्यास आपूर्ति गर्न बाध्य पार्ने प्रतिबन्धले विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने उनको अनुमान छ ।

विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई पुटिनले मान्यता दिएपछि रुसी सेनालाई युक्रेनको पूर्वमा आधिकारिक रूपमा प्रवेश गर्ने मार्ग प्रशस्त हुने भएकाले पश्चिमी शक्तिहरू डराएका छन्।

स्वघोषित डोनेस्क र लुहान्स्क रूस समर्थित विद्रोहीहरूको घर हो जो सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन्।

रूसको कदमले यस क्षेत्रमा शान्ति वार्तालाई प्रभावकारी हुने सम्भावना टरेको छ ।

विश्व अर्थतन्त्र कोरोनाभाइरस महामारी प्रभावबाट पुनरूत्थान हुने क्रममा रहेका बेला रूस-युक्रन तनावले सेयर लगानीकर्ता निकै चिन्तित बनेका छन् । अहिले जापानको निक्की २२५ इन्डेक्स २ प्रतिशत र साङ्घाई कम्पोजिट १.४ प्रतिशतले कम भइसकेको छ ।

फिडेलिटी इन्टरनेशनलका इन्भेस्टमेन्ट डाइरेक्टर मेक क्युरीले कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि जान सक्ने बताइन् । “विश्वव्यापी रूपमा खपत हुने १० मध्ये १ ब्यारेल तेल रूसमा उत्पादन हुन्छ, त्यसैले रूस तेलको मूल्यमा एक प्रमुख खेलाडी हो,” उनले भनिन्, “यसको प्रभाव पक्कै पनि पेट्रोल पम्पमा उपभोक्तासमक्ष पुग्नेछ,” उनले भनिन्।

यसअघि पनि रूसमाथि अमेरिका र युरोपियन युनियनले वर्षौसम्मको प्रतिबन्ध लगाएका छन् जसले रूसी अर्थतन्त्रमा “ठूलो प्रभाव” पारेको थिए । क्युरीका अनुसार प्रतिबन्धहरू गहिरिने सम्भावना छ । यसले तेलको मात्र नभएर अन्य क्षेत्रमा पनि व्यापाक प्रभाव पार्नेछ ।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्