Shikhar Insurance

टेलिग्राम देखि होसियार ! त्यहाँ महिलाको नग्नता खुलेआम सेयर गरिन्छ, छैन गोपनियता नीति

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार ०८:१२
NIMB
Nabil Bank

बीबीसीबीबीसीले आफ्नो अनुसन्धानमा सामाजिक सञ्जाल एप टेलिग्राममा महिलाको शोषण, लाजमर्दो र ब्ल्याकमेल गर्ने उद्देश्यले महिलाका अन्तरंग तस्बिरहरू व्यापक रूपमा सेयर भइरहेको पत्ता लगाएको छ ।

टेलिग्राममा उनको नग्न तस्बिर देख्नेबित्तिकै साराको जीवनमा भूकम्प आयो । उनको इन्स्टाग्राम र फेसबुक एकाउन्टसँगै टेलिग्राममा उनको फोन नम्बर पनि सेयर गरिएको थियो । जसका कारण अचानक उनलाई अपरिचित व्यक्तिहरुबाट धेरै फोन आउन थाले र सबैले सारासँग उनको थप तस्बिरहरु माग्न थाले ।

Citizen Life
Kumar Bank
Nepal Life

“उनले मलाई म वेश्या हुँ जस्तो महसुस गराए किनभने [उनी विश्वास गर्थे] मैले आफैंको अन्तरंग फोटोहरू सेयर गरेकी थिएँ,” उनी भन्छिन्, “जस्तो कि महिलाको रूपमा मेरो कुनै मूल्य थिएन।”

सारा (नाम परिवर्तन) ले आफ्नो तस्बिर एक व्यक्तिसँग सेयर गरे, तर टेलिग्राममा सो तस्बिर १८,००० फलोअर भएको ग्रुपमा सेयर गरिएको थियो, जसमध्ये धेरैजना हवाना, क्युबाका छिमेकीहरू थिए।

उनलाई सडकमा हिँड्ने धेरै अपरिचित व्यक्तिले उनको नग्न तस्बिर देखेको होला कि भन्ने डर थियो ।

उनी भन्छिन्, ‘म बाहिर जान चाहन्न, साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ । सत्य यो हो कि मैले धेरै दुःख भोगेको छु।

सारा एक्ली हैनन् । टेलिग्राममा महिनौंको अनुसन्धानपछि, बीबीसीले कम्तिमा २० देशका ठूला ग्रुप र च्यानलहरूले हजारौं महिलाका गोप्य फिलिम बनाएका, चोरिएका वा लिक गरिएका तस्बिरहरू सेयर गरेको भेट्यो । त्यहाँ लगभग कुनै प्रमाण छैन कि टेलिग्रामले यो भयानक समस्यालाई सम्बोधन गरिरहेको छ।

क्युबाबाट हजारौं किलोमिटर टाढा, निगार नयाँ जीवन खोजिरहेका छन्।

निगार अजरबैजानकी हुन् तर उनी देश छोड्न बाध्य भएको बताउँछिन्। सन् २०२१ मा उनको श्रीमानसँगको भित्रि भिडियो उनको परिवारलाई पठाइएको थियो र त्यसपछि टेलिग्रामको ग्रुपमा सेयर गरिएको थियो।

उनी भन्छिन्, “मेरी आमा रुन थाल्नुभयो र मलाई भन्नुभयो कि एउटा भिडियो उहाँलाई पठाइएको छ । म उहाँलाई देखेर स्तब्ध भएँ, बर्बाद भएँ म।”

उनको भिडियो ४० हजार सदस्यको ग्रुपमा सेयर गरिएको थियो । फुटेजमा निगारका पूर्व पतिको अनुहार धमिलो देखिए पनि उनको अनुहार भने स्पष्ट देखिन्छ ।

अजरबैजानका राष्ट्रपतिका प्रमुख आलोचक निगारको भाइलाई ब्ल्याकमेल गर्न उनका पूर्व पतिले गोप्य रूपमा उनको भिडियो बनाएको उनको मान्यता छ।

उनका भाइले आफ्नो गतिविधि नरोकेमा भिडियो टेलिग्राममा रिलिज गर्ने भनी उनकी आमालाई भनिएको उनी बताउँछिन्।

निगार भन्छिन्, “मानिसहरूले तपाईंलाई तुच्छ नजर हेर्छन्, तपाई विवाहित हुनुहुन्छ भन्नेले फरक पर्दैन।”

निगार भन्छिन् कि उनले भिडियोको बारेमा आफ्ना पूर्व पतिसँग कुरा गरे तर उनले भिडियो बनाएको कुरा अस्वीकार गरे । श्रीमानको राय बुझ्न बीबीसीले उनलाई सम्पर्क गरेपनि उनले कुनै प्रतिक्रिया दिएनन् ।

निगारले पतिसँग सम्बन्धविच्छेद गरिसकेकी छन् ।

उनी भन्छिन्, ‘म यसबाट निको हुन सकेको छैन, अहिलेसम्म हप्तामा दुई पटक थेरापिस्टलाई भेट्ने गरेको छु । ममा कुनै सुधार भएको छैन । श्रीमान भन्नुहुन्छ कि उहाँ भुल्न सक्नुहुन्छ, म सक्दिनँ ।’

निगार र साराको तस्बिर टेलिग्राममा रिपोर्ट गरिएपनि टेलिग्राले प्रतिक्रिया दिएको छैन ।

बीबीसीले रुसदेखि ब्राजिल र केन्यादेखि मलेसियासम्मका देशहरूमा १८ टेलिग्राम च्यानल र २४ ग्रुपको निरीक्षण गरेको थियो। जसका कुल फलोअर्स करिब २० लाख छन् ।

ती ग्रुपहरूमा फोटोहरू सहित व्यक्तिगत विवरणहरू जस्तै घरको ठेगाना र अभिभावकहरूको फोन नम्बरहरू पनि पोस्ट गरिएको थियो ।

बीबीसीले भनेको छ, “हामीले देख्यौं कि ग्रुप एडमिनहरूले मानिसहरूलाई आफ्ना पूर्व प्रेमी/प्रमीका, साथीहरू वा विद्यार्थीहरूको गोप्य तस्बिर पठाउन आग्रह गर्ने गरेका छन् ताकि पठाउनेको पहिचान गोप्य राख्न सकियोस् ।”

टेलिग्रामका अनुसार यसको विश्वव्यापी ५० करोड सक्रिय प्रयोगकर्ता छन् । यो संख्या ट्विटर भन्दा धेरै हो । उनीहरू सबै यसको गोप्य फिचरका कारण जोडिएका हुन् ।

गत वर्ष जनवरीमा, जब ह्वाट्सएपले आफ्नो डेटा नीति परिवर्तन गर्यो, तब लाखौं मानिसहरू टेलिग्राममा स्विच भएका हुन् ।

टेलिग्राम लामो समयदेखि मिडिया सेन्सरसिप भएका देशहरूमा लोकतन्त्र समर्थक प्रदर्शनकारीका माझ लोकप्रिय छ ।

यसमा प्रयोगकर्ताहरूले आफ्नो नाम वा फोन नम्बर सेयर नगरी पोस्ट गर्न सक्छन् र २ लाख सदस्यसम्मका पब्लिक वा प्राइभेट ग्रुप बनाउन सक्छन्। यहाँ मानिसहरूले एकै साथ असीमित संख्यामा च्यानलहरू पनि हेर्न सक्छन् ।

गोपनीयताको लागि टेलीग्रामको स्ट्यान्डआउट यो हो कि यो एपले अन्त-टु-इन्ड ईन्क्रिप्सन प्रदान गर्दछ । अर्थात् कुरा गर्ने दुई व्यक्तिले मात्र मेसेज हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ । यो सिग्नल र ह्वाट्सएप जस्ता सुरक्षित च्याट एपहरूमा पनि पूर्वनिर्धारित सेटिङ हो।

अन्य प्लेटफर्महरूबाट प्रतिबन्धित गरिएकाहरूलाई पनि टेलिग्रामले आकर्षित गर्ने गरेको छ ।

“टेलीग्राम र यसका मालिकहरू प्रयोगकर्ताहरूलाई सेन्सर गर्न चाहँदैनन्,” डिजिटल अधिकार ग्रुप एक्सेस नाउका प्राविधिक कानुनी सल्लाहकार नतालिया क्रापिभा भन्छिन् ।

तर, बीबीसी अनुसन्धानले देखाएको छ कि यस्तो मनोवृत्तिले टेलिग्रामलाई नग्न तस्बिरहरू लिक गर्ने र सेयर गर्ने ठाउँ बनाएको छ ।

टेलिग्रामसँग कसैको इच्छा विरुद्ध सेयर गरिएका फोटोहरूसँग व्यवहार गर्ने नीति छैन। तर, जब प्रयोगकर्ताहरू यसको सर्त-सर्तमा सहमत हुन्छन्, नियमहरू मध्ये एउटाले बताउँछ कि “सार्वजनिक रूपमा हेर्न सकिने टेलिग्राम च्यानलहरू, बटहरू, आदिमा अवैध अश्लिल सामग्री पोस्ट नगर्नुहोस्।”

टेलिग्राममा पब्लिक र प्राइभेट ग्रुप र च्यानलहरूको लागि इन-एप रिपोर्टिङ सुविधा पनि छ जहाँ प्रयोगकर्ताहरूले पोर्नोग्राफी रिपोर्ट गर्न सक्छन्।

टेलिग्रामले त्यस्ता रिपोर्टहरूमा कति चाँडो प्रतिक्रिया दिन्छ भनेर हेर्नको लागि, बीबीसी टोलीले इन-एप रिपोर्टिङ सुविधाको साथ १०० पोर्नोग्राफी तस्बिरहरू रिपोर्ट गर्यो । एक महिना पछि पनि यी मध्ये ९६ फोटो प्लेटफर्मबाट हटेनन् । बाँकी ४ वटा पनि प्राइभेट ग्रुपमा अझै थिए तर हेर्न मिलेन ।

अनुसन्धानको क्रममा, बीबीसी टोलीलाई एक डरलाग्दो चुनौती आइपरेको थियो जहाँ एक रुसी प्रयोगकर्ताले टेलिग्राममा बीबीसी टोलीलाई एउटा चाइल्ड पोर्नोग्राफी एक कप कफी भन्दा कम दाममा प्रयास गरेको थियो ।

एप्पलले चाइल्ड पोर्नसँग सम्बन्धित यस्तै एउटा भिडियोमा टेलिग्रामलाई आफ्नो प्लेटफर्मबाट अस्थायी रूपमा हटाएपछि टेलिग्रामले चाइल्ड पोर्नोग्राफीमा कदम चालेको थियो।

सन् २०१९ मा टेलिग्रामले इस्लामिक राज्यको ठूलो इकाईलाई हटाउन युरोपेली संघको अपराध एजेन्सी युरोपोलसँग काम गरेको थियो ।

तर गोप्य तस्बिरहरू मेटाउनु टेलिग्रामको प्राथमिकतामा रहेको पाइँदैन ।

बीबीसीले नाम नछाप्ने सर्तमा ५ टेलिग्राम कन्टेन्ट मोडरेटरसँग कुरा गरेको थियो । उनीहरूले जवाफ थियो कि कि स्वचालित प्रणाली मार्फत प्रयोगकर्ताहरूबाट रिपोर्टहरू प्राप्त हुन्छ, जुसलाई उनीहरूले “स्पाम हो” वा “स्पाम होइन” जस्ता विकल्पहरू चयन गरेर समाधान गर्ने गर्छन् ।

उनीहरूले त्यस्ता तस्बिरहरूको लागि प्रो-एक्टिभ खोज गर्दैनन् । जहाँसम्म उनीहरूलाई थाहा छ टेलिग्रामले पनि त्यस्ता सामग्रीको लागि एआई प्रयोग गर्दैन ।

जब जोआना १३ वर्षकी थिइन्, उनले मलेसियाको टेलिग्राममा आफ्नो नग्न तस्बिर भेटिन् । उनले फेक एकाउन्ट बनाइन्, ग्रुपमा जोडिइन् र आफ्नो फोटो रिपोर्ट गरिन् । आफ्ना साथीहरूलाई पनि फोटो रिपोर्ट गर्न आग्रह गरिन् ।

मिडियाको दबाबको बीचमा, ग्रुप अन्ततः बन्द भयो। तर, अनुसन्धानमा यो पाइयो कि कम्तिमा दुई डुप्लिकेट ग्रुपमा एउटै प्रकारका तस्बिरहरू सेयर भइरहेको हुने रहेछ ।

जोआना भन्छिन्, “कहिलेकाहीं तपाईं धेरै असहाय मान्नुहुन्छ, किनकि मैले यी ग्रुपहरूलाई हटाउन धेरै प्रयास गरें, तर तिनीहरू अझै बाहिर आउँदैछन्, त्यसैले मलाई थाहा छैन कि यसको अन्त्य हुन्छ कि हुँदैन भन्ने ।”

टेलिग्रामले बीबीसीलाई अन्तर्वार्ता लिन अस्वीकार गरेको छ । र्‍यो, तर बीबीसीलाई पब्लिक ग्रुपले च्यानलको निरन्तर अनुगमन गर्ने र सामग्रीको बारेमा कुनै पनि प्रयोगकर्ताले रिपोर्ट गरेमा प्रशोधन गर्ने दाबी गरेको छ ।

टेलिग्रामले केही पब्लिक च्यानलहरूमा विज्ञापनहरू रोल आउट गर्दैछ । यसले यो संकेत गर्दछ कि संस्थापक पावेल डुरोव विज्ञापन मार्फत पैसा कमाउन चाहन्छन् । यसले टेलिग्रामलाई ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रतिद्वन्द्वीसँग बराबर बनाउन दबाब बढाउने सम्भावना छ ।

यस्तो अवस्थामा टेलिग्रामले कहिलेसम्म यसलाई बेवास्ता गरिरहने हो, हेर्नै पर्ने हुन्छ । ती महिलाहरूका लागि जसको जीवन टेलिग्राममा तस्बिरहरूले परिवर्तन गरेको छ, त्यो परिवर्तन अझै धेरै टाढा छ।

GBIME

प्रतिक्रिया दिनुहोस्