Shikhar Insurance

अवैध काममा चाइनिजहरू फेरि सक्रिय, धेरै जसो बैंकिङ र डिजिटल ठगीमा संलग्न

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । अवैध काममा चिनियाँ नागरिकहरू फेरि सक्रिय हुन थालेका छन् । नेपाल प्रहरीले बैंकिङ तथा डिजिटल ठगीमा संलग्न चिनियाँ नागरिकहरू पक्राउ गरी सार्वजनिक गरेपछि यो तथ्य बाहिरिएको थियो ।

चिनियाँहरू एटीएम ह्याकिङ, कार्ड कारोबार, कल बाइपास, अवैध कल सेन्टर सञ्चालन जस्ता काममा संलग्न हुने गरेका छन् । चिनियाँहरूको एउटा गिरोहले ३ वर्षअघि एटीएम ह्याक गरेर करोडौं रकम निकालेका थिए । ठगीका घटनामा चिनियाँहरूको संलग्नता पहिलेदेखि कै हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसयता प्रहरीले १ सय २२ जना चिनियाँलाई डिपोर्ट गरेको थियो । भने कोरोना महामारीकै बीच चिनियाँ नागरिकले सिंहदरबारअगाडि प्रदर्शन गरेका थिए । सोक्रममा झडप पनि भएको थियो ।

कोरोना महामारी सुरू भएयता चिनियाँहरूको सक्रियता केही कम भएको थियो ।

तर अहिले उनीहरू फेरि सल्बलाउन थालेका छन् ।

केही दिनयता प्रहरीले अवैध गतिविधिमा संगल्न करिब डेढ सय चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ ।

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ ।

उनीहरुले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यासलगायत एप्लिकेशनमार्फत गैरकानूनी तवरले लोन स्किम दिइरहेको छ भन्ने विशेष सूचनाका आधारमा सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ल्यापटपलगायतका सामग्री बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यसैगरी अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा रु पाँच हजारदेखि रु १० हजारसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको पाइएको उनले बताए ।

चिनियाँ नागरिक वानजिनिओ सनसिटी अपार्टमेन्टमा बस्दै आएको र नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको उजुरी परेपछि आज प्रहरीले सानोठिमीमा तीन तले घर भाडामा लिई सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन् । प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्