Shikhar Insurance

ईभी बजारमा बहारः गत वर्ष भन्दा १२ गुणा बढी आयात, बढी रुचाइए चिनियाँ कार

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार १६:२२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी)लाई प्राथमिकतामा राख्दा तथा प्रयोगकर्ताको समेत रोजाइमा पर्दा यो व्यवसायमा बहार छाएको छ । नेपाली बजारमा ईभीको बिक्री ह्वात्तै बढेको हो जसलाई भन्सार विभागको तथ्यांकले पुष्टि गर्दछ ।

सवारी व्यवसायमा सामान्यतयाः उपभोक्ताको खरिद अर्डर प्राप्त भइसकेपछि व्यवसायीले विदेशमा रहेका उत्पादकबाट आयात गर्ने गर्छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामै १२ सय कार आयात भइसकेका छन् । जुन गत आवको यही अवधिभन्दा करिब १२ गुणा बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना महामारी र सरकारको निरुत्साहन नीतिका कारण गत आवमा उल्लेख्य ईभी व्यापार हुन सकेको थिएन । विश्व नै नवीकरणीय ऊर्जा, विशेष गरी विद्युतीय सवारीतर्फ उन्मुख भइरहेका बेला राज्यले ईभीमा भन्सार र अन्तःशुल्क बढाएको थियो ।

पछि सो नीतिबाट फिर्ता भएपछि कार आयात ह्वात्तै बढेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ७ महिनामा कुल ११ सय ९१ वटा ईभी आयात भएको छ । व्यापारीहरुले ३ अर्ब ४९ करोड ७८ लाख ७२ करोड रुपैयाँबराबरको कार आयात गरेका हुन् ।

आयात भएको ईभीमध्ये सबैभन्दा बढी चीनबाट आएका छन् । चीनबाट ७ सय ४६ वटा कार आउँदा, भारतबाट ३ सय ९ वटा, कोरियाबाट ९२ वटा, जापानबाट २८ वटा, अमेरिकाबाट १५ वटा र फ्रान्सबाट एउटा कार आएको छ ।

भन्सार बिन्दुमा ईभीबाट राज्यले ९६ करोड ७७ लाख ५६ हजार रुपैयाँ कर उठाएको छ ।

विभागका अनुसार चीनबाट १०० केभीभन्दा कम क्षमताका ९० वटा र १५० देखि २०० किलोवाटसम्म क्षमताका ६ सय ५६ कार आएका छन् । भारत र फ्रान्सबाट आएका सबै कार १०० किलोवाटसम्म क्षमता भएका मात्र छन् ।

यस्तै जापानबाट २०० किलोवाटसम्मको कार आउँदा कोरियाबाट १०० किलोवाटसम्मको ७८ वटा र २०० किलोवाटसम्मको १४ वटा कार आएका छन् ।

अमेरिकाबाट २ वटा कार आयात भएको तथ्यांकले देखाउँछ । ती कार ३०० किलोवाट भन्दा बढी पिकपावर भएका मोटर जडित हुन् । अमेरिकाबाटै कुटनीतिक प्रयोजनका लागि १३ वटा अरु कार ल्याइएका छन् ।

गत आवभर आयात भएका २ सय ४९ मध्ये १४० वटा चिनियाँ ईभी थिए । वर्षभर २५ वटामात्र भारतीय ईभी आयात भएकामा ७१ वटा कोरियन र १३ वटा अमेरिकन ईभी आयात भएका थिए ।

गत आवको माघ मसान्तसम्म १०३ वटामात्र ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्