Shikhar Insurance

अपि पावरको हकप्रद बेच्न गुरु न्यौपानेको चलखेल, छानबिन गर्दै धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार १६:००
NIMB
Nabil Bank

काठमाडौं । अपि पावर कम्पनीका संस्थापक अध्यक्ष तथा सल्लाहकार गुरु प्रसाद न्यौपानेलाई ‘फादर अफ नेप्लिज हाइड्रोपावर सेक्टर’ समेत भन्ने गरिएको छ । अपि पावर कम्पनीमार्फत् उनको आधार दर्जन बढी हाइड्रो पावर कम्पनी, सोलार कम्पनी, कृषि उद्योग र केही वाणिज्य बैंकमा समेत लगानी छ ।

राम्रा भनिएका प्राय जलविद्युत कम्पनीहरुका ठुला लगानीकर्ता न्यौपाने जलविद्युत कम्पनीहरुको विकासका लागि भन्दै दिएको अभिव्यक्तिका कारण पटक/पटक विवादमा पर्ने गर्नछन् । यसपटक उनी अपि पावर कम्पनीले तेस्रो पटक जारी गर्न लागेको हकपद सेयरमा चलखेल गरेको भन्दै विवादमा मुछिएका हुन् । उनले सेयर बजारलाई प्रभावित गर्दै लगानीकर्तालाई हकप्रद खरिद गर्न अभिप्ररित गरेपछि बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ ले व्यवस्था गरे विपरित काम गर्दा हुने कारबाही गर्ने तयारी थालेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अपि पावर कम्पनीले नियामकको नियम विपरित गएर हकपद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीले चैत १४ गते काठमाडौंको एक होटलमा पत्रकार सम्मेलनमार्फत् चैत २५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ लाख ६० हजार कित्ता हकपद सेयर जारी गर्ने घोषणा गरेको हो ।

कम्पनीका संस्थापक अध्यक्ष तथा सल्लाकार गूरु प्रसाद न्यौपानेले सो पत्रकार सम्मेलनमा हकप्रद खरिदका लागि व्यापाक ‘प्रोपोगाण्डा’ फौलाएका छन् । उनले अपि पावर कम्पनी लाभांश क्षमता लगायतका वित्तीय सुचांकमा अन्य कम्पनीभन्दा अघि रहेको बताउँदै हकप्रद खरिदको लागि प्रचार गरे ।

धितोपत्र बोर्डद्वारा जारी ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ ले गरेको व्यवस्था विपरित थियो । सो नियमावलीको नियम नम्बर १७ सूचीकृत कम्पनीले प्रकाशन गरिने विवरणपत्र, आव्हानपत्र, हकप्रद सेयर सम्बन्धी विवरण, बिक्री प्रस्ताव तथा बोर्डले विवरण तयार गरी पेश गर्नु पर्ने भनि तोकेको अन्य विवरणहरुमा निष्काशन सम्बन्धी सूचना वा जानकारी बाहेक संगठित संस्थाको अन्य वस्तु वा सेवाको प्रचार प्रसार सम्बन्धी कार्य गर्न पाइने छैन ।

यसको अर्थ अपि पावर कम्पनीले जारी गर्न लागेको हकपद कति कित्ता हो ? प्रतिकित्ता मूल्य कति, न्युनतम आवेदन कित्ता कति, निष्काशन र बन्द मिति कहिले र जारी हकपद पछि कम्पनीको कायम हुने पुँजीको बारेमा जानकारी गराउन मिल्छ । तर, कम्पनीको सेवा तथा प्रतिफल अन्य कम्पनीहरुसँग दाँजेर आफ्नो राम्रो देखाउँदै लगानीकर्ताहरुलाई हकपद खरिद गर्न प्रभावित गराउन मिल्दैन ।

कम्पनीका संस्थापक अध्यक्ष न्यौपानेले बोर्डको उक्त व्यवस्था उल्लघंन गर्दै पत्रकारहरुलाई आफ्नो कम्पनी राम्रो भएको तर आफ्नो कम्पनीभन्दा नराम्रो वित्तीय अवस्था हुने कम्पनीहरुको सेयर मूल्य बढी भएको कार्यक्रममा दावी गरे । यसरी कम्पनीका संस्थापक अध्यक्षले नै हकप्रद खरिद गर्न लगानीकर्तालाई प्रभाव पार्ने अभिव्यक्ति दिएपछि नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने भएको हो । हकपद जारी गर्दै संस्थापक अध्यक्षले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको व्यवस्था उल्लघंन गरेपछि चलखेलको आशंकामा छानबिन गर्न लागिएको बोर्डका सह–प्रवक्ता रुपेश केशीले जानकारी दिए ।

‘बोर्डको नियमावली अनुसार कसैले पनि त्यसरी विज्ञापनको हिसाबले कसैलाई अभिप्ररित गर्ने आशयले कुनै पनि कुराहरु व्यक्त गर्न पाइन्दैन । अपि पावरको प्रशंगमा बोर्डको ध्यानाकर्ष भएको छ । अब सुपरिवेक्षण टोलीले विस्तृत हेरेर गल्ती देखिए आवश्यक कारवाही गर्छ,’–सह–प्रवक्ता केशीले सिंहदरबारसँग भने ।

लगानीकर्तालाई प्रभावित गरी हकप्रद बिकाउने ‘गुरु ट्रिक’
अपि पावर कम्पनी २०६० सालमा स्थापना भएर कृषि, हाइड्रो, बैंक वित्त कम्पनीहरुमा लगानी गर्दै बहुआयमिक कम्पनीमा विस्तार हुँदै गएको गएको छ ।अहिले कम्पनीले माथिल्लो चमेली जलविद्युत आयोजनामा निर्माण गर्नका लागि चाहिने ७ अर्ब ४० करोड रुपैयाँ पुँजीको लागि अहिले हकप्रद जारी गर्न लागेको हो । कुल पुँजीमध्ये ५ अर्ब १८ करोड रुपैयाँ बैंकहरुबाट ऋण लिएको छ भने २ अर्ब २२ करोड रुपैयाँ सेयरधनीहरुमार्फत् उठाउन लागेको हो । यसका लागि कम्पनी २ पटक हकपद जारी गरिसकेको छ भने अहिले पनि सोही अपुग पुँजीको लागि तेस्रो पटक हकपद जारी गर्न लागेको हो ।

चैत २५ वगतेदेखि अपिले १ अर्ब २५ करोड रुपैयाँ हकप्रद सृयर बिक्री गरी लगानीकर्ताहरुबाट संकलन गर्न बोर्ड र विद्युत नियमन आयोगबाट स्वीकृति पनि पाइसकेको छ । तर, जारी हुन लागेको हकप्रद खरिदका लागि न्यौपानेले बोर्डको नियमन नै उल्लंघन गरेका छन् ।
पत्रकार सम्मेलन गरी उनले हकपद सम्बन्धि सामान्य जानकारी मात्र नभएर कम्पनीको बखान गर्दै समचार प्रकाशन गर्न पत्रकारहरुलाई आग्रह गरे ।

‘चैत २५ गवतेदेखि बजारमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर बजारमा आउँदै,’ न्यौपानेले भने, ‘त्यो निष्काशनमा आउन अघि तपाइहरुको लोकप्रिय मिडियामार्फत् कम्पनीको सही सुचना सम्प्रेषण गरिदिन हार्दिक अनुरोध गर्दछु, तकि लगानी गर्ने मान्छेले ढुक्क भएर कम्पनीको सेयरमा लगानी गर्न सकुन् ।’

उनले आफ्नो केन्द्रिय भवनको बारेमा र लगानीमा रहेको परियोजनाको बारेमा पत्रकारलाई जानकारी गदाउँदै सबै लगानीको प्रतिफलले भविश्यमा अपि पावर नेपालको उत्कृष्ट बन्ने दावी गरे । जसको बारेमा प्रयाप्त सुचना बाहिर नपुग्दा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण न्यून भएको भन्दै कम्पनीको बखान गर्दै समचार प्रकाशन गर्न उनले पत्रकालाई भनेका थिए ।

‘अपि पावरले धेरै हाइड्रोपावर सोलार र कृषिमा लगानी बढाइरहेको छ, यसबाट प्राप्त हुने लाभबाट अपि पावर निकट भविष्यमै नेपालकै राम्रो कम्पनी भएर जान्छ,’ उनले थपे, ‘करिब ४ सय करोड रुपैयाँ पुँजी भएको र करिब १ सय मेगावट जलविद्युत परियोजना हातमा लिएर अघि बढेको अपि पावरको सेयर मूल्य भने अन्य कम्पनीको भन्दा कम छ ।’

राम्रो मूनाफा आर्जन गर्दै लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्ने क्षपता भएको अपि सेयर मूल्यमा भने अन्य कम्पनीहरुभन्दा पछि परेको उनको भनाइ छ । ‘यहाँ १२ सय सेयर मूल्य भएका हाइड्रो पावर कम्पनी पनि छन्, त्यो १२ सय जाने कम्पनीमा भन्दा यो कम्पनीमा बढी सम्पती जेथो छ,’ न्यौपानेले भने, ‘यसको बारेमा हामीले धेरै सुचना पुर्याउन सकेका छैनौं, लगानीकर्तालाई २५ गतेदेखि हकप्रद भर्ने कि/नभर्ने भन्ने पनि हुन्छ, त्यसको लागि लगानीकर्ताले अपि पावरको वास्तविकता थाहा पाउन भन्ने उदेश्य हो ।’

कम्पनीको राम्रो पक्षको बारेमा समचार सम्प्रेषण गरी व्यक्तिगत रुपमा खबर गरिदिन उनले सबै पत्रकारलाई आफ्नो इमेल र सम्पर्क नम्बर समेत नोट गराएका थिए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्