Shikhar Insurance

रसियाली आरोहीलाई हिमाल चढ्ने अनुमति नदिन युक्रेनको आग्रह

सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार २२:०५
NIMB
Nabil Bank

काठमाडौं । युक्रेनले रसियाली आरोहीहरुलाई हिमाल चढ्ने अनुमति नदिन नेपालसँग अनुरोध गरेको छ । यसपालीको बसन्त ऋतुको सिजनमा हिमाल आरोहणका लागि ९ जना रसियाली नागरिकहरुले अनुमति लिएका छन् ।

युक्रेनले दिल्लीमा रहेको आफ्नो दुतावास मार्फत नेपाललाई पत्राचार गर्दै रसियाली आरोहीहरुलाई दिईएको हिमाल आरोहणको अनुमति रद्ध गर्न भनेको हो । बिभिन्न देशहरुले आफ्नो अनुरोधपछि रसियन खेलाडीहरुसँग खेल्न बन्द गरेको बताउँदै नेपालले पनि रसियालीलाई हिमाल आरोहणको अनुमति दिन नहुने बताएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसपाली एक जना रसियालीले अन्नपूर्ण हिमाल र बाँकी ८ जनाले ६ हजार ५ सय मिटर भन्दा कम उचाईका हिमाल चढ्ने अनुमति पाएका छन् ।
युक्रेनको आग्रहपछि पनि नेपालको हिमाल आरोण नीतिमा कुनै परिवर्तन नआएको पर्यटन बिभागका महानिर्देशक तारानाथ अधिकारीले बताएका छन् । ‘हाम्रो हिमाल आरोहण नीतिमा कुनै परिवर्तन भएको छन, हाम्रा हिमालहरु विश्वकै सम्पति हुन्, सबै नागरिकलाई हाम्रो कानुन अनुसार शान्तिपूर्वक हिमाल चढ्ने अधिकार छ’, पर्यटन बिभागका महानिर्देशक अधिकारीले भनेका छन् । (बीबीसी अनलाइनको अंग्रेजी संस्करणबाट)

GBIME

प्रतिक्रिया दिनुहोस्