Shikhar Insurance

९ ब्रोकर कम्पनीलाई १६ स्थानमा शाखा विस्तारको अनुमति दिँदै बोर्ड, कुन ठाँउमा कुन ब्रोकर ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र १७, बिहीबार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ९ वटा ब्रोकर कम्पनीहरुलाई शाखा कार्यालय सञ्चालनको अनुमति दिने भएको छ । बोर्डले करिब २ वर्ष पछि उपत्यका बाहिरका ७ वटै प्रदेशका १६ स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिने भएको हो ।

शाखा कार्यालय विस्तारका सैद्धान्तिक स्वीकृति (एलओआइ) पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुलाई अन्तिम स्वीकृत दिन लागिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बोर्ड अध्यक्षमा भिष्मराज ढुंगाना हुँदा नै एलओइआई पाइसकेको ब्रोकरका शाखालाई सञ्चालनमा ल्याउनु पर्छ भनेर अहिलेका अध्यक्ष ज्युले भन्नु भएको छ,’ कार्यकारी निर्देशक गिरीले सिंहदरबारसँग भने, ‘नयाँ शाखा विस्तारलाई आवेदन अहिले नै लिने विषयमा आधिकारीक छलफल नभएपनि एलओआइ पाएर पुर्वाधार तयार गरेका ब्रोकर कम्पनीका शाखा कार्यालय सञ्चालनका लागि भने केही समय भित्रै अन्तिम स्वीकृति दिने तयारीमा छौं ।’

प्राप्त आवेदनमा बोर्डले धितोपत्र बजारको आवश्यकता अध्ययन गरी अध्ययनले आवश्यक स्थानमा शाखा कार्यालय विस्तार गर्न आवेदन दिने कम्पनहिरुलाई मात्र एलओआई दिइएको उनको भनाइ छ । तर, बोर्डले ब्रोकरको आधिकारीक प्रतिनिधि राख्न दिने र शाखा कार्यालय विस्तारको नयाँ आवेदन लिने विषयमा भने हालसम्म कुनै छलफल नगरेको उनले जानकारी दिए ।

बोर्डले अहिले अन्तिम स्वीकृति दिन लागेको शाखा कार्यालयहरुको लागि ५० वटै ब्रोकरले आवेदन दिएको थिए ।

सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरुमध्ये हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा संचालनमा छन् । मार्फत सेयर किनबेच कार्य भइरहेको छ । करिब २ वर्ष अघि ब्रोकर कम्पनीहरुले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न बोर्डमा आवेदन दिएका थिए ।
जसमध्ये बोर्डले ९ वटा ब्रोकरलाई १६ स्थानमा शाखा विस्तार गर्न एलओआइ दिएको हो ।

कुन कुन स्थानका ब्रोकर पुग्दैछन् ?
बोर्डका निवर्तमान अध्यक्ष भिष्म राज ढुंगानाले २०७७ फागुन १३ गते नै ९ वटा ब्रोकर कम्पनीहरुलाई सैद्दान्तिक स्वीकृत दिएका थिए । बोर्डले ९ वटा ब्रोकर कम्पनीहरुलाई भरतपुरको चितवन, दोलखाको चरिकोट, सिराहाको लाहान, कैलालीको लम्की, दाङको तुलसीपूर, पर्वतको कुस्मा, रामेछापको मन्थली, महोत्तरीको बर्दिबास, मोरङको उल्लाबारी, पाचथरको फिदिम, इलामको सदरमुकाम इलाम, नवलपूरको भुमही, पाल्पाको तानसेन, रुपन्देशीको भैरवाह, झापाको दमक र नवलपुरको कावासोतीमा ब्रोकरलाई शाखा कार्यालय विस्तार गर्न बोर्डले सैद्दान्तिक स्वीकृति दिएको हो ।

प्राप्त जानकारी अनुसार  ११ नम्बर, मल्ल एण्ड मल्ल ब्रोकिङले पाचथरको फिदिम र इलामको सदरमुकाम इलाममा गरी २ स्थानमा शाखा विस्तार गर्न एलओआइ आएको छ । यस बाहेक ब्रोकर नम्बर ३६, सेक्युड सेक्युरिटीजले झापाको दमकमा शाखा विस्तारको अनुमति पाएको हो ।

ब्रोकर नम्बर ३८, दिपशिखा धितोपत्र कारोबार कम्पनीले शुदुर परिश्चमको दोलखा जिल्लाको चरिकोट, कैलालीको लम्की र सिराहको लाहानमा शाखा विस्तारको लागि बोर्डले एलओआइ दिएको हो । साथै ब्रोकर नम्बर ७, जेएफ सेकुरिटिजले मोरङको उल्लाबारीमा, ब्रोकर नम्बर २९, त्रिशुल सेकुरिटिज एण्ड इनभेष्टमेण्टले एक स्थानमा, ब्रोकर नम्बर ५१, अक्सपोर्ड सेकुरिटिजले २ स्थानमा शाखा कार्यालय विस्तार गर्न एलओआइ पाएका हुन् ।

अन्तिम स्वीकृतमा बोर्डको आनाकानीले ब्रोकरको अनावश्यक खर्च बढ्यो
सोही समय नै बोर्डले ब्रोकरहरुलाई शाखा कार्यालय सञ्चालनको लागि आवश्यक पुर्वाधार तयारी गरी जानकारी गराउन भनेको हो । बोर्ड तोकेको मापदण्ड पुरा ९ वटा ब्रोकर कम्पनीहरु १६ स्थानमा शाखा कार्यालयको पुर्वाधार गत साउन महिना भित्रै गरी बोर्डमा जानकारी गराएका हुन् ।

सोही अनुसार ब्रोकर कम्पनीहरुले आफ्नो शाखा कार्यालयको पुर्वाधार तयारी बोर्डमा जानकारी समेत गराइसकेको नेपाल ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता) तेस्रो संसोधन नियमावली, २०७६ अनुसार ब्रोकरहरुले शाखा कार्यालयल सञ्चालनको अन्तिम स्वीकृति लिन अघिनै आफ्नो सम्पुर्ण पुर्वाधार तयार गरिसक्नु पर्छ । कम्तीमा ५ सय वर्गफिटमा शाखा कार्यालय स्थापना गरी वाणिज्य शास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड काउन्टेन्सी गरेको व्यक्तिलाई प्रमुख र परिपालन तथा सुचना प्रविधि सहित कम्तीमा ३ जना कर्मचारी नियुक्त गरेको हुनु पर्छ ।
बोर्डले तोकेको मापदण्ड अनुसार शाखा कार्यालयमा कम्तीमा २ थान कम्पुटर र त्यसका लागि अन्य ब्याकअप पावर सहतिको पुर्वाधार तयार गरेपछि मात्र बोर्डले अन्तिम स्वीकृति दिनेछ ।

एलओआई पाएका ब्रोकरहरुलाई बोर्डले नै पत्र पठाउँदै पुर्वाधार तयार गरेपछि जानकारी गराउन भनेको थियो । ब्रोकर कम्पनीहरुले पुर्वाधार तयार गरी बोर्डमा जानकारी गराएको समेत ९ महिना भइसकेको छ । तर, बोर्डमा करिब ६ महिना अध्यक्षको कुर्सी खाली हुँदा र नयाँ आएका अध्यक्षले एलओआइ पाइसकेका ब्रोकरलाई शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिन तदारुक्ता नदेखाउँदा कम्पनीहरुको खर्च अनावश्यक बढी रहेको छ ।

बोर्डले भने हालसम्म अन्तिम स्वीकृति नदिँदा ब्रोकर कम्पनीहरुको खर्चमात्र बढेको ब्रोकर संघका अध्यक्ष मैनाली बताउँछन् ।

‘६ महिना अघिदेखि हामीले शाखा कार्यालयमा सबै पुर्वाधार तयार गरी अन्मित स्वीकृतिको पर्खाइमा बसेका छौं, बोर्डले अन्तिम स्वीकृति दिन ढिलाई गर्दा हाम्रो खर्च अनावश्यक रुपमा बढिरहेको छ,’ अध्यक्ष मैनालीले सिंहदरबारसँग भने, ‘घर भाडा, कर्मचारी खर्च, टेलिफोन, इनटरनेट, बिजुली लगायतसबैको खर्च हाम्रो भइरहेको छ ।’

बोर्डले अन्तिम स्वीकृत दिन तदारुक्ता नदेखाउँदा नदेखाउँदा ब्रोकर कम्पनीहरुको अनावश्यक खर्च बढेको हुँदा जतिसक्दो चाँडो अन्तिम स्वीकृति दिने उने आग्रह गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्