Shikhar Insurance

गभर्नर निलम्बित भएको भोलिपल्टै झाँक्रीले भनिन्ः अर्थतन्त्र धरासयी भएको छैन

'गोप्य सूचना चुहाउनेलाई कारबाही गर्नुपर्छ'
सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार ०५:५४
NIMB
Nabil Bank

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।

काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् । अर्थतन्त्र धरासयी बनाएको आरोपमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भोलिपल्टै यस्तो टिप्पणी गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनिन्, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नु पर्ने अवस्था छैन ।’

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् । खाडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाई थियो ।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्