Shikhar Insurance

अबाञ्छित आकांक्षालाई साथ नदिँदा राष्ट्रहित सोच्ने व्यक्ति निलम्बनः एमाले, निर्णय फिर्ता लिन चेतावनी

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेले देशमा आर्थिक संकट निम्तने क्रम नेपाल राष्ट्र बैंकलाई स्वायत्त ढंगमा मौद्रिक नीति तर्जुमा गर्न नदिएर सुरु गरेको आरोप लगाएको छ । आइतबार गरिएको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेलले गभर्नरलाई चलाएर सरकारले आफ्नै खुट्टामा बन्चरो हानेको बताएका हुन् ।

सरकारले लिएका नीति ठीक नभएको बताउँदा गभर्नर महाप्रसाद अधिकारीले निलम्बन हुनुपरेको यथार्थ पेश गर्दै पौडेलले वर्तमान अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति निर्माण गर्दाताका देखि नै बखेडा झिकेको बताए । गभर्नरले नाइँ भन्दाभन्दै अंगिकार गरिएका कतिपय नीतिले आज देशको यो हविगत बनाएको उनको तर्क छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“गभर्नरले वित्त नीति ठीक छैन भन्नुभयो,” पौडेलले भने, “नेपालको अर्थतन्त्रलाई धरासयी बनाउने काममा उहाँले तर्कयुक्त ढंगले नकार्नु भयो ।” त्यसो गर्न सक्ने पोजिसनमा रहेका बेला आफ्ना निमित्त राष्ट्र बैंकको गभर्नर भन्दा मुलुकको अर्थतन्त्र महत्वपूर्ण हो भन्ने विश्लेषण गरेको भन्दै पौडेलले अधिकारीको बचाउ गरे ।

“सरकारको हस्तक्षेप र नीतिलाई अस्वीकार गरेका कारण, सरकारलाई सञ्चाउन दबाब दिएका कारण उनलाई पदमुक्त गर्न स्पष्टिकरण सोधिने काम भएको छ,” पौडेलले भने ।

राष्ट्र बैंक स्वायत्त निकाय भएपनि गभर्नरलाई मन्त्रालयको सचिवलाई झैं काम अह्राउने काम सरकारबाट भएको उनको भनाइ छ । “मौद्रिक नीति ल्याउन नदिने, आवश्यकता अनुसार परिमार्जन गर्न नदिने गरी हस्तक्षेप उतिबेलैबाट भएको हो,” पौडेलले थपे ।

सोहीकारण अर्थतन्त्रको अहिले बिजोग भएको बताउँदै उनले कोरोना अन्त्य भएपनि वृद्धिदर ३ देखि ४ प्रतिशतको हाराहारीमा हुनु दयनीय स्थिति आएको संकेत गरेको जिकिर गरे ।

उनले भने, “सरकारका अबाञ्छित आकांक्षालाई साथ नदिँदा सरकारको गलत नीतिलाई मुकावला गर्ने र राज्यको हित सोच्ने गभर्नरलाई प्रणालीबाट छेउ लगाइयो ।”

पौडेलले सरकारको यस्तो निर्णय अबिलम्ब सच्याउन चेतावनी दिए । “यो कायम रह्यो भने अर्थतन्त्र धरासयी हुन्छ,” उनले भने, “यो नग्न हस्तक्षेप गर्भनर नामको व्यक्तिमाथि होइन, संस्थागत आक्रमण हो । प्रणाली भत्काउन गरिएको हस्तक्षेप हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्