Shikhar Insurance

सामान्य गल्ती गरेकै कारण गभर्नर हट्दैन, २–२ पल्ट फेल हुँदा पनि काँग्रेसले किन नबुझेको ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । पूर्व गभर्नर तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले सामान्य गल्ती गर्दै गभर्नर पदमुक्त नहुने बताएका छन् । वि.सं. २०५८ सालमा बनेको नेपाल राष्ट्र बैंक ऐनमार्फत् नेपाल राष्ट्र बैंकलाई स्वायत्तमात्र होइन, जिम्मेवार पनि बनाइएको भन्दै राष्ट्र बैंक प्रमुखले अक्षम्य अपराध नगरुञ्जेल कुनै कारबाहीमा नपर्ने दाबी गरेका हुन् ।

“गम्भीर अपराध गरेको भए त्यो कुरा कानुनी ढंगले अघि बढ्नु पर्छ,” उनले भने, “कुनै आग्रह पूर्वाग्रहले काम गर्दैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनले गभर्नरमाथि पूर्वाग्रही कारबाही गैरकानुनी हुने कुरा नेपाली काँग्रेसले कहिल्यै नचेतेको आरोप लगाए । “तपाईंहरुलाई थाहै छ, २ जना गभर्नरलाई यसरी नै निलम्बन गरिएको थियो र उहाँहरु इज्जतसाथ अदालतको निर्णयबाट पुनबहाली हुनुभएको थियो,” उनले भने, “गभर्नरको पावर बुझाउन यो कुरालाई सांकेतिक रुपमा भन्न खोजेका हौं ।”

यसअघि काँग्रेस सरकार भएका बेला राष्ट्र बैंकको गभर्नर हटाउने कुरा भएको सम्झना गर्दै उनले सुनाए, “केन्द्रिय बैंक नेतृत्वविहिन भएका बेला अर्थतन्त्र कसरी संकटग्रस्त भएको थियो भन्ने म कथा सुनाउँछु । त्यतिबेला नोट छाप्नै नसक्ने स्थिति भएको थियो । त्यतिबेला हामीसँग २ वटा विकल्प थिए । तत्कालीन राजा ज्ञानेन्द्रको श्रीपेच भएको नोट र भारु मुद्रा हामीसँग थिए । त्यतिबेला सरकारले श्रीपेच भएका नोट प्रचलनमा नल्याउनु भनेको थियो, तर ढुकुटीमा नयाँ नोट थिएनन् ।” त्यतिबेला राष्ट्र बैंकले बाध्य भएर क्याबिनेटको निर्णयमार्फत् श्रीपेच भएका नोटलाई १ वर्ष थपेर चलाउनु परेको थियो । उनले भने, “त्यस्तो स्थिति फेरि नहोस् भनेर सजग गराउन चाहन्छु ।”

खतिवडाले सरकारले आफ्नो नालायकीपन छोप्न गभर्नर निलम्बन गरेको आरोप लगाए । सरकारले प्रायोजित रुपमा गभर्नरमाथि गरेको कारबाही आपत्तिजनकमात्र नभएर निन्दनीय पनि रहेको उनको भनाइ छ ।

“अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए,” खतिवडाले आरोप लगाए, “वित्तीय अपचलनको मतियार हुन नपाएको, निजी स्वार्थसम्बद्ध व्यवसायीक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनबाटै उठीरहेको बेला अर्थमन्त्री कै दबाबमा आफ्नो असफलता ढाक्न गर्भनर निलम्बन गरिएकामा कुनै शंका छैन ।”

उनले अघिल्लो सरकारबाट नियुक्त भएकै कारण दक्ष र इमानदार राष्ट्रसेवक सरकारको कोपभाजन भएका दर्जनौ घटना भएको बताए ।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको दाबी गर्दै उनले यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको ठोकुवा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्