Shikhar Insurance

‘संकटमा हामीसँग छलफलै गरिन्न, हामी यही देशका नागरिक हौं, हामी पनि त योगदान गर्न चाहन्छौं’

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल श्रीलंकाजस्तो नबन्ने बताएका छन् । तर, चनाखो भएनौं भने केही वर्षपछि खराब अवस्थामा पुग्ने उनको अनुमान छ ।
महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो उनको छ ।

हामी पनि यही मुलुकका नागरिक हौं, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत लगानी छ, उनले भने, हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं, हामीलाई पनि मुलुकको माया छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, ७ महिनाको तथ्यांकले आत्तिनुपर्ने अवस्था नदेखाएपनि आठ र नवौं महिनामा संकटउन्मुख भएको उनको भनाइ छ ।

सरकारले अपारदर्शीतालाई महत्व दिन खोजिरहेको उनको आरोप छ । सरकारले दीर्घकालीन नीति बनाउन नसकेकाले संकट निम्त्याएको अनुमान उनको छ ।

नेपाल श्रीलंका जस्तै हुन लागेकाले यस्ता कदम आइरहेका हुन कि भन्ने बुझाइ विकास भएको छ, उनले थपे, तर अहिलेदेखि नै चनाखो नभए खराब स्थितिमा अवस्य पुग्छौं ।

उद्योगीका समस्या सरकारबाटै नजरअन्दाज भएको भन्दै सरकारले बिना सल्लाह निर्णय गर्ने उनको दाबी छ ।

नीति किन ल्याइन्छ थाहा छैन, यसको के असर पर्छ थाहा हुँदैन, उनले भने, समाचार पढ्दा अर्थतन्त्र संकटमा छ भन्ने बुझिन्छ तर समाधान गर्न के गर्ने भनेर सरकारले निजीक्षेत्रसँग छलफल गर्दैन ।

अहिले घरबाट निस्कन सक्ने दिन आएकाले अर्थतन्त्रमा उत्साह र माग सिर्जना हुँदै गएपनि अर्थतन्त्रको संरचनाले थेग्न नसकेन उनको भनाइ छ । किनकी हाम्रो अर्थतन्त्र नै सानो छ, गोल्छाले भने ।

उनका अनुसार पहिलो ५ महिना ५.११ प्रतिशतले विस्तार भएको अर्थतन्त्र अहिले संकुचन हुन थालेको छ ।

सरकारले सम्पत्ति निर्माणमा सरकारले कहिल्यै जोड दिएन, वितरणलाई राजनीतिको उपलब्धि मानेको उनको भनाइ छ ।

हामी सरोकारवालासँग सार्थक सहयोग खोजिरहेका छौं, उनले भने, हामी संकटउन्मुख छौं तर संकटग्रस्त भइसकेका छैनौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्