Shikhar Insurance

‘संसारभर सच्चा अभिभावकको खोजी छ, नेपाली व्यवसायीले पनि अभाव महसुस गरे’

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १४:३१
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले संसारभर सच्चा अभिभावकको खोजी भएको बताएका छन् । व्यवसायीले सरकारको साथको अभाव महसुस संसारभर नै हुने क्रम बढेको भन्दै उनले नेपाली उद्योगीलाई पनि यस्तै महसुस भएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने जिकिर गरे । अझ सरकारलाई सघाउन चाहनेलाई झन् साथमा राख्नुपर्छ, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

मेरो सबैभन्दा ठूलो जिम्मेवारी कानुन निर्माण हो । सुशासन भ्रष्टाचार निवारणमा कानुन निर्माणको ठूलो भुमिका हुन्छ, आफ्नो जिम्मेवारी बोल्दै उनले भने, मलाई यो थाहा थियो, तर सभामुख बनेपछि गुणस्तरीय कानुन बनाउने र तिनको कार्यान्वयन भए नभएको निगरानी गर्नु मुख्य जिम्मेवार रहेछ भन्ने थाह पाएँ ।

सापकोटाले नीति बनाउँदा पनि पर्याप्त वस्तुगत र ठोस अध्ययन गरिनुपर्ने बताउँदै बनेका नीति कार्यान्वयन हुन नसक्नु मुख्य समस्या रहेको दाबी गरे ।

तर, अहिले त्यसो गर्न नसकेको आफूलाई बोध भएको उनले सुनाए । सापकोटाले भने, तर, परिस्थिति अनुकुल छैन ।

आर्थिक संकटबारे बोल्दै उनले सबै संकट बिथोल्न नभएर ऊर्जा भर्न, उपाय पत्ता लगाउन पनि आउने बताए ।

यसमा अवसर खोज्न इमानदार भएर लागियो भने हामी सबल राष्ट्र बन्ने छौं, उनले भने ।

नेपालका प्रतिभालाई नेपालमै अवसर दिन वातावरण निर्माण गरिनुपर्ने उनको भनाइ छ ।

सरकारका मुख्यसचिव शंकरदास वैरागीले निजी क्षेत्रलाई हतोत्साहित नहुन अनुरोध गरे । निजी क्षेत्रको सल्लाह लिन सार्वजनिक प्लेटफर्म निर्माण गर्न आह्वान उनको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल श्रीलंकाजस्तो नबन्ने बताए । तर, चनाखो भएनौं भने केही वर्षपछि खराब अवस्थामा पुग्ने उनको अनुमान छ ।

महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले देशको अर्थतन्त्र संकटमा भएको समाचार सञ्चारमाध्यममा आएपनि आफूहरुसँग सरकारी पक्षले छलफल नगरेको गुनासो उनको छ ।

हामी पनि यही मुलुकका नागरिक हौं, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत लगानी छ, उनले भने, हामी पनि संकट हुन नदिन योगदान दिन चाहन्छौं, हामीलाई पनि मुलुकको माया छ ।

तर, ७ महिनाको तथ्यांकले आत्तिनुपर्ने अवस्था नदेखाएपनि आठ र नवौं महिनामा संकटउन्मुख भएको उनको भनाइ छ ।

सरकारले अपारदर्शीतालाई महत्व दिन खोजिरहेको उनको आरोप छ । सरकारले दीर्घकालीन नीति बनाउन नसकेकाले संकट निम्त्याएको अनुमान उनको छ ।

नेपाल श्रीलंका जस्तै हुन लागेकाले यस्ता कदम आइरहेका हुन कि भन्ने बुझाइ विकास भएको छ, उनले थपे, तर अहिलेदेखि नै चनाखो नभए खराब स्थितिमा अवस्य पुग्छौं ।

उद्योगीका समस्या सरकारबाटै नजरअन्दाज भएको भन्दै सरकारले बिना सल्लाह निर्णय गर्ने उनको दाबी छ ।

नीति किन ल्याइन्छ थाहा छैन, यसको के असर पर्छ थाहा हुँदैन, उनले भने, समाचार पढ्दा अर्थतन्त्र संकटमा छ भन्ने बुझिन्छ तर समाधान गर्न के गर्ने भनेर सरकारले निजीक्षेत्रसँग छलफल गर्दैन ।

निजी क्षेत्रको छाता संस्था महासंघको ५६ औं वार्षिक साधारण सभा आजबाट शुरु भएको हो ।

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहेका छन् ।

समुदघाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल गरिँदै छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिँदै छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक अनुसार जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्यको संख्या १७४८ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्