Shikhar Insurance

‘श्रीलंकाको कुरा गरेर आत्तिनु पर्दैन : एकअर्कालाई गाली गर्नुको सट्टा हातेमालो गरौं, सुधार हुन्छ’

चन्द्रप्रसाद ढकाल
२०७८ चैत्र २८, सोमबार १४:४३
NIMB
Nabil Bank

हाम्रै जीवनकालमा हामी निकै ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी भयौं । ठूलठूला राजनीतिक परिवर्तन देखि भुकम्प तथा कोरोना महामारिको सामना गर्यौं । कोभिडको कहाली लाग्दो परिस्थितिको सामना हामी सवैले गरयौं । जनतालाई साथ दिने कुरामा एफएनसीसीइआईले सरकारसंग साथै रहेर सहयोग गरयो । हामीले आम सर्वसाधारण जनताको साथ छोडेनौ सकेको सहयोग गरयौं ।

चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो । अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न सकेन । स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

माग हुदा आयात बढनु पनि स्वभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केहि कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ ।

विदेशी मुद्राको संचिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन, रकम आप्रवाह पनि त हुन्छ नि ।

त्यसैले श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन । सुधार हुन्छ, हामी सबैं मिलेर सुधार गर्ने हो । एक अर्कालाई गालि नगरौ ।

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी, कार्यसमिति लगायत सम्पूर्ण सदस्यहरु हामी जिम्मेवार नागरिक हौ । हाम्रो भनाइको अर्थ रहन्छ । सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्छ ।

सस्तो श्रम, संसार वुझेको यूवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन । अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडी बढ्ने मेरो विश्वास छ ।

लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अव हामीले अवका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने छन् ।

खासगरी हाम्रा यूवा जनशक्ति सूचना प्रविधिसंग अभ्यस्त छ । पछिल्लो आकंडाले पनि त्यसलाई पुष्टि गर्छ । सरकारको गत सालको आर्थिक सर्भेक्षण अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्म ८२.८ प्रतिशत जनसंख्यामा इन्टरनेट सेवा पुगेको छ । लगभग ४ करोड मोवाइल फोन प्रयोगमा छन् ।

महासंघले मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात प्रवद्र्धन, व्यापार घाटा न्युनिकरणको उपाय सहितको भिजन पेपर अघिल्लो साल नै सार्वजनिक गरिसकेको छ । भिजन पेपरले राखेका लक्ष्यलाई पुरागर्ने कार्यमा हामीले सरकारको वलियोर साथ सहयोग खोजेका छौं । भिजन पेपर कार्यान्वयनमा सरकारकातर्फबाट सहयोग हुने विश्वास पनि दिलाइएको छ, हामी उत्साहित भएका छौं ।

पटक पटकका लगानी सम्मेलन, नीतिगत सुधारमा जोड, सवै राजनीतिक दलहरुको आर्थिक एजेण्डामा एकमत, अन्तराष्ट्रिय आर्थिक मन्चहरुमा प्रतिवद्धता, विकासमा निजी क्षेत्रको सहभागिता, निर्यातमुखी वृद्धिमा जोड, विश्वव्यापीकरण र भूमण्डलीकरणमा प्रतिवद्धता रहंदा रहदै पनि लगानी आकर्षणमा भने नेपाल निकै नै पछाडी परेको छ । नेपालमा पछिल्ला वर्षहरुमा आएका वाह्य लगानीको आंकडालाई मात्र हेर्ने हो भने पनि त्यो लगभग प्रतिमहिना करिव दुई साढे २ अर्वको हाराहारीमा मात्र आई रहेको छ जुन अत्यन्त नगन्य हो ।

हामी साधारण सभाको समुद्घाटन पश्चातका विशेष सत्रहरुमा यही विषयहरुमा छलफल चलाउंदै छौं । वाह्य लगानीका विषयमा विशेष सत्र नै आयोजना गरेका छौं । यसपछिका सत्रहरुबाट आउने सुझावहरुले मुलुकभित्र लगानी आकर्षण, उद्योग व्यवसायको विस्तार र हालको तरलताको समस्या समाधानमा एउटा स्पष्ट मार्ग निर्देश गर्ने हाम्रो अपेक्षा छ ।

हाम्रा केहि समस्या पनि छन । जस्तो कि बिजुली नियमित छैन । लामो समयदेखि पिपिए रोकिएको छ । यसले उत्पादनमा समस्या आइरहेको छ ।

यस बर्षको बजेटमा जलविद्युतमा दिइएको छुट स्वदेशी लगानीकर्तालाई पनि उपलब्ध हुनुपर्छ ।

पर्यटन पुर्वाधारमा सरकारी सहुलियत आवश्यक छ । पहुचमार्ग देखि राजश्व छुट यसमा आवश्यक छ ।

चलचित्र लगायत मनोरन्जन क्षेत्रको पुनरोत्थानका लागि राजश्व छुट लगायत सुविधा आवश्यक छन्। कर छुट, चलचित्र परियोजना कर्जा, विद्युत सहुलियत एवं चलचित्र र पर्यटन उद्योगको सहकार्यमा सरकारले जोड दिनु पर्छ ।

(नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको ५६ को साधारणसभामा व्यक्त गरेको मन्तव्यको सार ।)

GBIME

प्रतिक्रिया दिनुहोस्