Shikhar Insurance

नेपालले पायो हालसम्मकै ठूलो ८० अर्ब रूपैयाँ अनुदान, अमेरिकाले फैलायो सहयोगको हात

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३, शनिबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकाले नेपाललाई थप ८० अर्ब रूपैयाँ अनुदान दिने भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य नियोग (यूएसएड) ले नेपाललाई ६५९ मिलियन डलर अनुदान दिने भएको हो ।

यो रकम बजेटरी कार्यक्रममा खर्च हुनेछ । यो ऋण होइन, अनुदान हो । यो रकम ग्रिड प्रणाली सुधार, शिक्षा, स्वास्थ्य आदि सरकारले भनेको क्षेत्रमा यूएसएडले खर्च गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिकाले गैर बजेटरी प्रणालीमार्फत् यो रकम पहिले नै सहयोग गर्न लागेको थियो ।

यसलाई अर्थले बजेटरी प्रणालीमार्फत् ल्याउन अर्थ सफल भएको हो ।

अर्थ मन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीका अनुसार कहाँ खर्च गर्ने भन्ने सरकारको वार्षिक कार्यक्रममा उल्लेख हुनेछ र तय भएको समय तालीका अनुसार रकम प्राप्त भइ सीधै यूएसएडले खर्च गर्नेछ ।

उप्रेतीका अनुसार यो सहयोग रकम हालसम्म नेपालले पाएको सबैभन्दा ठूलो अनुदान हो ।

चैत ३० गतेको मन्त्रिपरिषदले सो सहयोग स्वीकार्ने निर्णय गरेको हो । शुक्रबारको विनिमयदर अनुसार ६५९ मिलियन डलर बराबर ८० अर्ब १२ करोड रूपैयाँ हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्