Shikhar Insurance

नौ महिनामा २८ अर्ब बढीको सुन आयात, साढे तीन अर्ब राजश्व

सिंहदरबार संवाददाता
२०७९ बैशाख १०, शनिबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं ।चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८।७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।

तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले तीन अर्ब ४८ करोड तीन लाख ३० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ ।

केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्