Shikhar Insurance

अर्थमन्त्रीको प्रश्नः दाँत कोट्याउने सिन्का विदेशबाट ल्याउने अनि हाम्रो वनका रुख ढलेर सकिने ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख १२, सोमबार १६:२४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दाँत कोट्याउने सिन्का विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको तर नेपालका वनमा रहेका रुख भने ढलेर सकिने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका क्रममा वन तथा वाताबरण मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री शर्माले वनको बिनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले बिदेशबाट ठूलो परिमाणमा काठ आयात भएको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी बिदेशबाट हुने आयात रोक्ने कार्यक्रम ल्याउन सुझाव दिए । ‘अबका दिनमा बिदेशबाट काठ नल्याउने नीति बनाउनुप¥यो । यसका लागि नेपालकै बनको काठ कति समयमा, कति मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने मूल्यांकन गरौं । यसको अर्थ बनको बिनाश गर्ने होइन, प्रयोग गर्ने भन्ने बुझ्नुहोला’ उनले भने ।

बन तथा बातावरण मन्त्रालयले मधेश प्रदेशमा वृक्षारोपण कार्यक्रमको अभियान चलाउने गरी नीति–कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेको थियो । त्यसक्रममा मन्त्री शर्माले ठूलो संख्यामा बेर्ना उत्पादन गरी मधेशमा बितरण गर्ने प्रस्ताव आए बजेटमा समावेश गरिदिने बताए । स्थानीय सहकारी र समूह परिचालन गरी जडिबुटी उत्पादन र प्रशोधनमा लगानी गर्ने कार्यक्रम ल्याउन उनले निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हामीले दाँत कोट्याउने सिन्का बिदेशबाट आइरहेको छ । अनि हाम्रा वनका रुख र काठहरु कुहिएर खेर गइरहेका छन् । अबका दिनमा यस्ता नीति सच्चिने गरी अगाडी बढ्नु जरुरी छ’ मन्त्री शर्माले भने । छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले बनको बिनाश नगरी अधिकतम उपयोग गरे ठूलो मात्रामा सरकारले राजस्व पाउने स्थिति देखिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्