Shikhar Insurance

गभर्नरको भविष्य सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको हातमा

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार ११:००
NIMB
Nabil Bank

काठमाडौं । सरकारविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्च अदालतका अनुसार उनको रिट सपना मल्ल प्रधान र टंकप्रसाद मोक्तानको संयुक्त इजालसमा परेको छ ।

आजको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने फैसला गर्नेछ । अर्थात् गभर्नरको राष्ट्र बैंक जागिर निरन्तरता पाउने नपाउने निर्यण न्यायधिसद्वयको हातमा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले छानवीन समिती बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिदै बैशाख १३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएका थिए ।

अल्पकालिन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर पदमा बहाल रहनेछन् । निरन्तरता नदिए उनको निलम्बन कायम रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्