Shikhar Insurance

नेपालमा १०० भन्दा ठूला दरका भारतीय मुद्रा चल्न दिनुपर्ने एफएनसीसीआईको माग

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १६:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा २००, ५०० र २००० भारतीय रुपैयाँको नोट चल्ने व्यवस्था गर्न माग गरेको छ । सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिँदै महासंघले १०० भन्दा अन्य ठूला दरको भारु नोट पनि चल्ने व्यवस्था गर्न माग गरेको हो ।

नेपालमा भारतीय मुद्रा बोकेर ठूलो संख्यामा भारतीय पर्यटक आउने गरेपनि १०० बाहेक नोट नचल्ने गरेकाले उनीहरुको खर्चमा लगाम लाग्दै आएको छ । ठूला दरको भारु चलाउनुपर्ने माग सीमाका होटल व्यवसायीले पनि गर्दै आएकामा महासंघले पनि २००, ५०० रु २००० दरको भारु चलाउनुपर्ने माग गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी भारु चल्दा विदेशी मुद्रा सञ्चिति पनि बलियो बन्न सहयोग पर्याउने महासंघका कर तथा राजस्व समिति सभापति सन्दिप कुमार अग्रवालको ठहर छ । महासंघको पूर्वबजेट छलफलमा अग्रवालले छिमेकी मुलुकबाट वैवाहिक समारोहमा आउँदा बेहोर्नुपर्ने झमेला अन्त्य गर्न माग गरे ।

नेपालमा १०० भन्दा ठूलो दरको भारतीय नोट बोक्नु अवैध ठहर्छ । अहिले नेपालमा हुने विवाहमा भारतबाट आउँदा सुनका कारण भारतीय नागरिकले बिमानस्थलमा झमेला बेहोर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्