Shikhar Insurance

यो वर्षको आर्थिक वृद्धिदर ५.८४%, अर्थतन्त्रमा अपर तामाकोशीको योगदान

सिंहदरबार संवाददाता
२०७९ बैशाख १५, बिहीबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हासिल हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आवको ८ महिनाको तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आवको भन्दा बढी हुने प्रक्ष्येपण गरेको हो ।

यो वृद्धिदर उपभोक्ता मूल्यका आधारमा हो । आधार मूल्यका आधारमा चालु आवमा ५‍.४९ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आव ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

यो वर्षको आर्थिक वृद्धिमा बढी योगदान माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको रहेको विभागको दाबी छ । केन्द्रिय तथ्यांक विभागले विश्वमा देखिएको कोभिड १९ को प्रभाव अर्थतन्त्रमा विस्तारै कम हुँदै गएको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्