Shikhar Insurance

नेप्से घट्ने क्रमले पायो निरन्तरता, पुग्यो १६ महिनायताकै न्यून बिन्दुमा

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १५:४२
NIMB
Nabil Bank

काठमाडौँ । साताको अन्तिम दिन पनि नेप्से परिसुचक घटेको छ । यसदिन नेप्से परिसुचक ३७.०६ अंकले घटेर २२३८.६२ को विन्दुमा आएको हो ।

यसैगरी सेन्सेटिभ इण्डेक्स ४.३४ अंक, फ्लोट इण्डेक्स २.६९ अंक र सेण्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन २३२ स्क्रिप्टका ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर ३४ हजार २ सय ६० कारोबार मार्फत १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से घटेपनि जाल्पा सामुदायीक लघुवित्तको सेयर मूल्यमा भने पोजेटीभ सर्किट लागेको छ ।

बिहीबार कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनी भने घटेका छन् ।

यसदिन कारोबार रकमको आधारमा सूर्यालाइफ इन्स्योरेन्स कम्पनी शिर्ष स्थानमा रह्यो । आज यस कम्पनीको ८ करोड ४५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

यसदिन १३ वटै समुहगत उपसुचक घटेको छ । सबैभन्दा बढी फाइनान्स समूहमा २.९३ प्रतिशतको गिरावट आएको हो । नेप्से घटेर १६ महिनायताकै तल्लो बिन्दुमा पुगेको हो । नेप्से सन् २०२१ जनवरी ११ तारिखका दिन २१३९ बिन्दुमा कायम थियो । त्यसयता गत डिसेम्बर १३ तारिखका दिन २२८१ सम्म ओर्लिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्