Shikhar Insurance

बीमा कम्पनीलाई पनि सबै स्थानीय तहमा पुर्‍याइने, पूँजीवृद्धि गर्न मर्जर अनिवार्य होइनः सिलवाल

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताए ।

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गदै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुपर्‍यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्‍यो । पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

सिलवालले बैंकलाई झैं बीमा कम्पनीलाई पनि हरेक स्थानीय तहमा पुर्याएर बीमाको दायरा र पहुँच विस्तार गर्ने भाव व्यक्त गरे ।

पूँजी वृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्‍यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्‍यो । सूचना प्रविधिमैत्री हुनुपर्‍यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्‍यो । दाबी भुक्तानी समयमै हुनुपर्‍यो । लगानीको प्रतिफल पनि बढ्नु पर्‍यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनीले बीमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्