Shikhar Insurance

बीमामा पहिलो मर्जरः हिमालयन र एभरेष्टले गरे एमओयु

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १८:३६
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रमा पहिलो मर्जरको प्रक्रिया आरम्भ भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरका लागि एमओयु गरेका हुन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले मर्जरका लागि दुई कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।

बीमा समितिले २०८० असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनै पर्ने व्यवस्था गरिदिएको छ । हकप्रद सेयरबाट पुँजी बढाउन नदिने बीमा समितिको अडानपछि बीमा कम्पनीहरु मर्जरका लागि तयार हुने विश्वास गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जर सम्बन्धी समझदारी पत्रमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख र एभरेष्ट इन्स्योरेन्सको एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । दुबै कम्पनीहरुले डीडीए(सम्पति दायित्व मूल्यांकन) गरेपछि मात्रै स्वाप रेसियो तय गर्ने अनौपचारिक समझदारी पनि गरेका छन् ।
नयाँ कम्पनीको नाम पनि दुबै कम्पनीको इतिहास समेट्दै तय गरिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्