Shikhar Insurance

बुक बिल्डिङलाई फेयर बनाउँछु, यसअघि लागेको दाग मेटाउँछुः अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डङलाई फेयर र विश्वसनीय बनाएर कायान्वयन गरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा बोल्दै उनले रियल सेक्टरलाई सेयर बजारमा ल्याउन बुक बिल्डङको विकल्प नभएको बताए ।

पुँजी बजारमा सेक्टरल डाइभर्सिटीका लागि बुक बिल्डिङलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको उनले औंल्याए । पुरानो घटनाले न्यारेटिभ स्थापित भयो, दाग लाग्यो, हमालले भने, उचीत उदाहरणबाट बुक बिल्डिङ ठीक हो भन्ने स्थापित गराउनु छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष हमालले कम्तिमा पहिलो र दोस्रो बुक बिल्डिग फेयर बनाउन प्रयत्न गरे । नकारात्मक न्यारेटिभलाई सकारात्मक बनाऔं । रियल सेक्टलाई बजारमा ल्याउन चुक्नु हुँदैन, उनले भने ।

दोस्रो बजारमा मार्केट मेकरको सहभागिता हुन नसकेको प्रति कमजोरी औंल्याउँदै उनले मार्केट डिलरको आवश्कता रहेको उनले बताए । हमालले सेक्टरल जस्तै प्रोडक्ट विविधता पनि नभएको बताए ।

आफ्नो कार्यकाल छोटो भएकाले त्यही अनुसार उपलब्धिमुलका काम गरिरहेको जिकिर उनको छ । आज ७६ औं दिन हो, हमालले भने ।

हमालले सुधारको काम गर्न नियामकको भुमिका म्यानुअल डकुमेन्टेसनको आधारमा हुन नसक्ने बताए । २९ वर्षको धितोपत्र बोर्ड इतिहासमा यो सबैभन्दा ठूलो कमजोरी रहेको उनको दाबी छ ।

टेक्नोलोजिकल क्यापाबिलिटी बढाउनु पर्ने आवश्यक छ, उहाँ फरेन्सिक एकाउन्टेन्टको पनि आवश्यकता छ, हमालले भने ।

उनले नेपालमा वित्तीय साक्षरता १८ प्रतिशत मात्र रहेको तीतो यथार्थ प्रस्तुत गरे । ७० प्रतिशत नागरिक शिक्षित हुँदा १८ प्रतिशतमा मात्र वित्तीय साक्षरता छ, जुन पर्याप्त छैन, उनले भने ।

बजार सहभागितामा साक्षरता नभएर सामाजिक सञ्जालका ससाना हल्लाले बजार उतारचढाव हुने दाबी उनको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्