Shikhar Insurance

नेपालीले विदेशमा लगानी गर्न नपाउने व्यवस्था लाजमर्दो विषय हो : गभर्नर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली उद्योगीले विदेशमा लगानी गर्न नपाउने व्यवस्थाले लाजमर्दो स्थिति पैदा भएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिट २०२२ को पहिलो सत्रमा गभर्नर अधिकारीले ऐनको ड्राफ्ट बनाए पनि अघि नबढेको बताए ।

अधिकारीले विदेशी फोरममा नेपाली उद्योगीले विदेशमा कति लगानी गरेका छन् भन्ने प्रश्न उठ्दा जवाफ दिन नसकेर लाज मान्ने स्थिति रहेको यथार्थ औंल्याए । “केही वर्ष अघि नै (म डेपुटी गभर्नर भएका बेला) विदेशमा लगानी गर्ने र प्रतिफल भित्र्याउने ऐनको ड्राफ्ट बनाएका छौं,” अधिकारीले भने, “सो ड्राफ्ट कुन मन्त्रालय वा निकायको कुन कुनामा थन्किएर बसेको होला ।”

Citizen Life
Kumar Bank
Nepal Life

गभर्नर अधिकारीले प्रतिबन्ध गरिनुको सट्टा क्षेत्र पहिचान गरेर खुला गर्नु उचित रहेको तर्क गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्