Shikhar Insurance

‘इन्धनमा कर नघटाइ हुँदैन, मूल्य बढायो भनेर निगमलाई गाली गरेर केही पाइँदैन’ (विचार)

सुरेन्द्र पाैडेल
२०७९ जेष्ठ १०, मंगलवार २०:२०
NIMB
Nabil Bank

म इन्धनको मूल्य श्रृंखलामा नेपाल आयल निगमलाइ दोष देखाउनु हुँदैन भन्ने मत राख्छु । आयल निगमलाइ लक्षित गरेर गरिने आक्रमण ठिक छैन । तेलमा ५० पैसा तथा ग्याँसमा १५ रुपैयाँ जम्मा प्रसासनिक खर्चमा काम गर्ने निगम कसरी दोषी ? आयल निगम भानेको गाडिको खलाँसी जस्तै हो, साहुले एउटै सिटका लागि डबल टिकट काट्छ, खलाँसीले कुटाइ खान्छ ।

गाडीमा केही हुन्छ त ड्राइभरले पनि खलासी नै कुट्छ, निगम तेस्तै भएको छ । सबैको रिस पोख्ने ठाउँ । आयल निगम घेराउ गर्न छाड्नुस । निर्णय गर्ने ठाउँमा दवाब दिनुस् । निगम त कारिन्दा मात्र हो । विद्यार्थी नेताहरुलाई मेरो अनुरोध ।

Citizen Life
Kumar Bank
Nepal Life

तेलको मुल्य श्रृंखलामा तीन पिलर रहेका छन् । पेट्रोलियम व्यवसायी, सरकार र इन्डियन आयल कर्पोरेशन । यसमा निगमको केही भुमिका छैन ।

नेपालमा तेलको व्यापार कस्ले गर्छ ? आयल निगम सरकारी की निजी भन्ने विषयमा मेरो फरक धारणा छ । सरकारको हातमा जम्मा जम्मी इन्डियन आयललाई दिने भुक्तानी मात्रै त छ । बाँकी त सबै ठाउँमा निजी क्षेत्र नै भुमिकामा रहेको छ । पम्प निजि क्षेत्रको, सिलिण्डर निजी क्षेत्रको, वोटलिङ निजी क्षेत्रको, ढुवानी निजि क्षेत्रको ।

कारोबारको ८५ प्रतिशत त निजी क्षेत्रले नै ओगटेको छ । अब त्यो मुल्य निर्धारण पनि निजी क्षेत्रलाइ दिने भनेको हो त ? यसमा सबै ठाउँमा कमाउने भनेको त निजी क्षेत्रले नै हो । ५० वर्षको इतिहास रहेको संस्थाले आजको मितिमा कमाएको पैसा भनेको जिरो हो । उल्टै ४० अर्ब भन्दा जडित नोक्सान मै रहेको छ ।

यो सबै हेर्दा त निगमले अहिले सम्म गरेको भनेको त देश र जनताको सेवा मात्रै हो । यस्तो संस्था जस्ले मूल्यलाई स्थिर गर्छ, जनतालाई राहत दिन्छ, फेरी पनि निगमलाई नै किन घेराबन्दी ? यस्तो संस्था बेगरको देश हामी कल्पना गर्न सक्छौ ? मलाई त सक्छौं जस्तो लाग्दैन । कतै मन्त्री ज्यूले निजी क्षेत्रलाई दिने कुरा गर्नु भएको थियो रे ।

त्यो कसैलाई खुसी पार्न भन्नु भएको होला तर मलाई चै आयल निगम निजिकरणमा लानुहुन्छ जस्तो लाग्दैन । ५१ साल देखि नै निगमलाई निजीकरण गर्ने हल्ला चलेको हो तर मलाई लाग्दैन् कि नेतृत्वले निजी करणमा लान्छ र लानु पनि हुँदैन । यदि निगम निजीकरण भयो भने करिव १५ हजार त ग्याँस व्यवसायमा संङ्लग्न मात्रै समस्यामा पर्नेछन् ।

अरु पेट्रोलियम व्यवसायी हरुको त झन कुरै नगरौं । ठुलो समुह समस्यामा पर्ने देखिन्छ । अनि तिनीहरुको लगानी के हुन्छ ? त्यतातिर पनि ध्यान दिन जरुरी छ ।

भारतमा सरकारले इन्धनमा लगाएको विभिन्न प्रकारको कर करिब २० रुपैयाँ भारु (नेपाली करिब ३२ रुपैयाँ) घटाएको छ । अहिले पनि भारतमा नेपालमा भन्दा करिव १४ रुपैयाँ सस्तो पेट्रोल छ । त्यसैले समान मूल्यको लागि भएपनी नेपालमा कर घटाएर मुल्य घटाउनु पर्छ । यो उपयुक्त र उचित समय हो कर घटाउने । अन्यथा नेपालमा चोरी पैठारी सुरु हुन्छ ।

जस्को असर अझ घातक हुन्छ । मैले पहिले कर घटाउने कुरा गरेको थिइन तर अब चैँ घटाउनु पर्छ ।

(पौडेल नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक हुन् ।)

 

GBIME

प्रतिक्रिया दिनुहोस्