Shikhar Insurance

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम भने घट्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:०५
NIMB
Nabil Bank

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आएको भोलिपल्ट नेप्से परिसूचक बढेको छ । साताको तेस्रो कारोबारका दिन नेप्से १४.३७ अंकले बढेर २२ सय ३१.५७ को बिन्दुमा आएको हो ।

आज २२६ स्क्रिप्टका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से बढे पनि अघिल्लो दिनको तुलानामा ४ करोड रुपैयाँ कमको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार कारोबारमा आएका १४८ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् ।

कारोबार रकमको आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार रुपैयाँको सेयर खरिदबिक्री भए । त्यसैगरी अरुण काबेली पावर ४ करोड ७१ लाख ६८ हजार, नबिल बैंक ३ करोड ४४ लाख ८५ हजार, अरुण भ्याली हाइड्रोपावर २ करोड ८८ लाख ११ हजार र अपि पावर कम्पनी २ करोड ५६ लाख ८७ हजार रुपैयाँको कारोबार सहित शीर्ष पाँच भित्र रहेका छन् ।

त्यसैगरी सबै समूहगत उपसूचक बढेका छन् । सबैभन्दा बढी व्यापार समुह १.५३ प्रतिशतले बढेको छ ।

बुधबार बलेफी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले सर्वाधिक ५.९२ प्रतिशतले कमाएका छन् । त्यसैगरी मैलुङ खोला जल विद्धुत कम्पनीकाे सेयर मूल्य ५.८४ प्रतिशत, सिंङगटी हाइड्रोको ५.३३,  गुँरास लघुवित्त वित्तीय संस्थाको ५.२२ र नेपाल इन्स्योरेन्सको ४.२४ प्रतिशतले बढेका छन् ।

आजको सेयर कारोबार पछि बजार पुँजीकरण ३१ खर्ब ७४ अर्ब ६६ करोड ७७ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्