Shikhar Insurance

सेयर बजारमा लगानीकर्ताको सक्रियता घटेपनि नेप्से बढ्यो, बजेटको प्रतिक्षा हो ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १५:४१
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ८.०३ अंकले बढेर २,२३९.६० को विन्दुमा बन्द भएको हो ।

यसैगरि, ठुला कम्पनीका सेयर मापक सेन्सिटिभ इण्डेक्स १.३९ अंकले बढेर ४३६.४७ को विन्दुमा आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आगामी आर्थिक वर्षको लागि सरकारले बजेट निर्माण गरिरहेको अवस्थामा सेयर बजारमा भने लगानीकर्ताको सक्रियता घट्दो छ । सेयर बजारमैत्री बजेट आउने अपेक्षामा लगानीकर्ता लगानीकर्त रहँदा बजेट संघारमा सक्रियता घटेको देखिन्छ । तर, लगानीकर्ताको सक्रियता घटेपनि बिहीबार भने नेप्से ८.०३ अंकले बढेको छ । बजार भिनो अंकले बढेपनि कारोबार रकम भने घटेको छ ।

बिहीबार २२२ स्क्रिप्टका २३ लाख २४ हजार ६६५ कित्ता सेयर ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएका १०३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा मेगा बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

यस्तै, अरुण कावेली पावर ४ करोड ४ लाख २२ हजार, नबिल बैंक ३ करोड ५७ लाख ४२ हजार, उपर तामाकोशी हाईड्रो पावर २ करोड ८३ लाख २३ हजार र जाल्पा सामुदायिक लघुवित्त २ करोड २९ लाख४४ हजार रुपैयाँ कारोबार सहित शीर्ष ५ भित्र रहेका छन् ।

बिहीबार मेगा बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  समुहगत उपसूचक ८ वटा बढ्दा ५ वटा घटेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्