Shikhar Insurance

स्न्यापड्रागन पावर र ६००० एमएएच ब्याट्रीको साथ रेड्मी १० नेपाली बजारमा, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १८:२०
NIMB
Nabil Bank

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।

रेड्मीको यो फोनमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनएम एनएम प्रोसेसरहरु रहेको छ । अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएएचको ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ सीएम (९६.७१“) डिस्प्ले र ५० एमपी डुअल क्यामेरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोनमा १७.०४ सीएम (६.७१ इन्च) को डिस्प्ले छ ।

बजेटको आधारमा लोकप्रिय स्न्यापड्रागन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ। एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयर भएको रेड्मी १० मा ६ जीबीसम्मको र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ जुन प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ ।

अप्टिक्सको सन्दर्भमा, रेडमी १० मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ एमपी क्यामेरा समावेश गरिएको छ। यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपीएसमा १०८० पी भिडियो खिच्न सकिन्छ।

डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३.५ एमएम हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन्।

रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ ।

नेपालमा रेड्मी १० ४/६४ जीबी संस्करणको मूल्य रु. १८,९९९/– छ। त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य रु. २१,९९९ रहेको छ। रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ।

GBIME

प्रतिक्रिया दिनुहोस्