Shikhar Insurance

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । शुक्रबार नेप्से परिसुचक १५.८२ अंकले् घटेर २ हजार २ सय २३.७८ अंकमा बन्द भएको हो ।

सो दिन २ सय २३ कम्पनीहरुको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बढीमा कारोबार भएको छ । बजार घटेपनि बिहीबारको तुलनामा शुक्रबार कारोबार रकममा भने वृद्धि देखिएको छ । बिहीबार ८.०३ अंकले बढेको नेप्सेमा सेयर कारोबार भने ८८ करोड ९८ लाख रुपैयाँ बराबारको मात्रै भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

केही दिनयता सामान्य अंकले बढिरहेको नेप्से साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेसँगै होटल समुहबाहेक कारोबारमा आएका सबै समुह घटेको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । साथै सो दिन सबैभन्दा बढी रु रु जलविद्युत परियोजनाका लगानीकर्ता कमाएका छन् भने सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले गुमाएको छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्