Shikhar Insurance

बजेटले उद्योग क्षेत्रलाई प्रोत्साहन गरेको छ- परिसंघ अध्यक्ष अग्रवाल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बजेट राम्रो भएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटले औद्योगीक क्षेत्रलाई बिशेष महत्व दिएको बताए । परिसंघले अघि सारेको मेक इन नेपाल कार्यक्रम बजेटमा समेटिएकाले पनि उनले सरकारलाई धन्यवाद दिए । साथै, उद्योग र व्यापारका लागि फरक फरक ब्याजदर कायम गर्ने निर्णय पनि उपयुक्त भएको उनले बताए ।

‘उद्योग र व्यापारका लागि फरक फरक बैंक ब्याजदर कायम गर्ने व्यवस्था राम्रो छ, यसले उद्योगीहरुको मनोबल बढाउँछ’, अध्यक्ष अग्रवालले भने । उनले सडक र विद्युत प्रशारण लाइन निर्माणमा सार्वजनिक–निजी साँझेदारी(पीपीपी) मोडल अघि सार्ने व्यवस्था पनि सकारात्मक भएको प्रतिक्रिया दिए ।
सवारी साधनहरुको एसेम्बलका लागि भन्सार अन्तशुल्कमा छुट दिने व्यवस्थाले नेपालमै चार पाँग्रे सवारी साधनको एसेम्बल उद्योग खुल्न सक्ने पनि उनले बताए । ‘वक्तव्यका आधार भन्ने हो भने यो बजेट राम्रो छ, उद्योग क्षेत्र मैत्री छ, धेरै कुरा आर्थिक ऐन हेरेपछि मात्रै भन्न सकिन्छ’, अग्रवालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्