Shikhar Insurance

फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई घाटा कति?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १८, बुधबार २२:५३
NIMB
Nabil Bank

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुन बढेर आएको छ । बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूचि पठाएको हो ।

रसिया-यूक्रेन यूद्ध जारी रहेकै कारण पेट्रोलियन पदार्थको मूल्य बढेको हो । पछिल्लो १५ दिन यता अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थपघट भइरहदा आज बुधबार फेरि मूल्य बढेर आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्पोरेसनले पठाएको नयाँ मूल्य सुचि प्रति लिटर पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा बढेको छ । यस्तै डिजलमा प्रतिलिटर १९ रुपैयाँ ७३ पैसा बढ्दा मट्टितेलमा १५ रुपैयाँ बढेको हो । यसैगरि हवाई इन्धन(आन्तरीक) १७ रुपैयाँ ३६ पैसा हवाई इन्धन(बाह्य) ६४ रुपैयाँ ५७ पैसा र एल.पि ग्यास (प्रति सिलिण्डर) ७५१ रुपैयाँ १४ पैसा बढेर आएको छ ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा निगमलाई घाटा अझै चुलिदै गएको छ । पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा १ अर्ब ३० करोड र एल.पी.ग्यासमा १ अर्ब ४३ करोड घाटा नै रहेको छ ।

हवाई इन्धन र मट्टितेलमा भने केही नाफा रहेको छ । हाल निगमलाई १५ दिन यता करीब ३ अर्ब ७.५ करोड (मासिक रु. ६ अर्व १५ करोड) घाटा हुने स्थिति देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्