Shikhar Insurance

बोर्डले पास गरे शुक्रबार इन्भेष्टमेन्टसँग मर्जरको सम्झौता हुन्छः मेगा बैंकका अध्यक्ष शाह

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता हुने भएको छ । दुई बैंकको मर्जर कमिटीले मर्जर हुने प्रस्ताव बोर्ड बैठकले पास गरे शुक्रबार नै प्रारम्भिक सम्झौता हुने मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले जानकारी दिए ।

हालसम्म मर्जरका लागि इन्भेष्टमेन्ट बैंकसँग भएका अधिकांश छलफल सकारात्मक भएको जानकारी दिँदै उनले इन्भेष्टमेन्टसँग मर्जर हुने पक्का भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘इन्भेष्टमेन्टसँग हालसम्म गरिएको मर्जर छलफलले सकारात्मक दिशा दिइरहेका छन्, मर्जर कमिटीले प्रस्ताव पेश गरेमा भोलि बोर्ड बैठक बस्छ,’ अध्यक्ष शाहले सिंहदरबारसँग भने, ‘मर्जर कमिटीमा स्वाप रेसियो लगायत अन्य विषयमा केही तहको टुंगो लाग्न बाँकी छ, सबै कुरा मिलेर प्रस्ताव पेश भएमा सञ्चालक समिति बैठक भोलि नै बस्छ ।’

मर्जर कमितिले पेश गरेको प्रस्तावमा बोर्डले पास गरे भोलि नै प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर हुने उनले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग करिब १ वर्ष प्रक्रियामा रहेर मर्जर असफल भएपछि मेगा बैंकसँग छलफल अघि बढाएको हो । लामो समयको छलफलपछि मर्जरको विषयले अन्तिम रुप लिन लागेको अध्यक्ष शाहको भनाइ छ । मेगा बैंकले इन्भेष्टमेन्ट बैंकसँग आफ्नो अस्तित्व कायम राख्ने गरी मर्जरमा जानेछ भने प्रमुख व्यवस्थापनको जिम्मेवारी इन्भेष्टमेन्ट बैंकमा सीईओ ज्योतीप्रकाश पाण्डेको हातमा दिने सहमति अहिले मर्जर कमिटीमा भइसकेको छ ।

इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। यी दुई बैंक १ बराबर १ को स्वापमा एक भए बन्ने नयाँ बैंकको चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्