Shikhar Insurance

अर्थ मन्त्रीको बोली व्यवहारमा नउत्रेपछि उल्टियो मूल्य घटाउने निर्णय, आजै रातिदेखि नयाँ भाउ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार २१:२४
NIMB
Nabil Bank

काठमाडौं । मूल्य घटाउने नेपाल आयल निगमको निर्णय एक साता नबित्दै फिर्ता भएको छ । अर्थ मन्त्रालले प्रतिबद्धता मात्र गरेर मुल्य घटाउन दबाब दिएपनि प्रतिबद्धता अनुसार सहुलियत नदीएपछि निगम तेलको भाउ बढाउन बाध्य भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार कर बराबरको मूल्य कर छुट दिने बताएपछि निगमले तेलको भाउ घटाएको थियो । तर, मन्त्री शर्माले बोलिलाई व्यवहारमा नउतार्दा आजै रातिदेखि पेट्रोको भाउ प्रतिलिटर ८ र डिजेल तथा मट्टीतेलको भाउ १२-१२ रूपैयाँले बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्माले बजेट भाषणका क्रममा मौखिक रूपमा तेलको मूल्य समायोजन गर्ने प्रतिबद्धता गरेका थिए भने भोलिपल्टै मन्त्रालयमा गरिएको कार्यक्रममा पुर्वाधार कर बराबरको छुट दिएने बताएका थिए । सोही आधारमा निगमले गत बिहीबार घाटा खाइखाइ तेलको भाउ १० रूपैयाँ प्रतिलिटर घटाएको थियो । तर, बोली व्यवहारमा नउत्रेपछि निगम भाउ बढाउन बाध्य भएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेल १६५ रूपैयाँ पगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्