Shikhar Insurance

सहुलियतपूर्ण कर्जाको नाममा सरकारको पौने १६ अर्ब रुपैयाँ खर्च, उपलब्धिमाथि प्रश्न

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १२:४१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पौने १६ अर्ब रुपैयाँ ब्याज अनुदानको लागि खर्च गरेको छ । २०७५ सालदेखि सरकारले सुरु गरेको सहुलियतपूर्ण कर्जाको लागि २०७९ बैशाख मसान्तसम्म ब्याज अनुदानमा १५ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ बढी खर्च भएको हो ।

अर्थ मन्त्रालयले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जाको कार्यविधि तयार गरी राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरिहेका छन् । हालसम्म कुल १ लाख ४६ हजार ३ सय ८२ जना ऋणीले २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ५६ हजार रुपैयाँ कर्जा उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सहुलियतपूर्ण कर्जा कार्यक्रममा अर्ब बढी सरकारले खर्च गरिरहँदा भने यसको प्रभावकारीताको अध्ययन भने हालसम्म भएको छैन । यस्तो कर्जा आवश्यक पर्नेले भन्दा पहुँचवालाहरुले मात्र उपयोग गर्न पाएको गुनासो बढ्दो छ ।

बिनाधितो ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजमा करोडौं रुपैयाँसम्म कर्जा पाउने भएपछि आवश्यकता हुनेले भन्दा बढी निजी स्वार्थका साथ खोलिएका ठूला व्यवसायिक फार्महरुले मात्र यस्तो कर्जा बढी उपयोग गरेको पाइन्छ । यस्तो कर्जा उपयोग गर्ने १ लाख ४६ हजार ऋणीमध्ये व्यवसायिक ठूला फार्मका २ हजार ३४ जनाले १ करोड रुपैयाँभन्दा बढी ऋणी उपयोग गरेका छन् ।

सहुलियतपूर्ण कर्जाकार्यविधि अनुसार हाल बिना धितो र धितो सहित व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय शिक्षा, भूकम्प पिडित निजी आवास निर्माण, कपडा उद्योग र सिटीइभिटी तालिमको आधारमा दिने गरी १० वटा शिर्षकमा कर्जा प्रवाह भइरहेको छ ।

यस्तो सहुलियपूर्ण कर्जा कार्यक्रम केपी ओली सरकारले धितो नहुने तर उद्यमी बन्न चाहनेलाई बैंकिङ पहुँचमा पुर्याउने भन्दै सुरु गरेको हो । सोही अनुसार सरकारले बजेटमार्फत् नै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक स्थानीयतहमा यस्तो कर्जाको कोटा नै छुट्याइदिएको छ ।

तर, बैंक तथा वित्तीय संस्थाले भने कर्जाको सुनिश्चिताको लागि धितो राख्न नसक्ने ऋणलिाई भन्दा राम्रो धितो भएका पहुँचवालाहरुलाई मात्र यस्तो कर्जा दिएको प्रष्ट हुन्छ ।

सहुलियतपूर्ण कर्जा शिर्षकमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी शिर्षकमा बिना धितो र धितो सहित बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउँछन् भने, महिला उद्यमशीलता र कपडा उद्योगमा पनि धितो राखेरै कर्जा प्रवाह गरिहेका छन् ।

सहुलियतपूर्ण कर्जामा प्रवाहित कुल कर्जामा सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशीलता शिर्षकमै प्रवाह भएको छ । यी शिर्षकमा धिातो सहित कर्जा प्रवाह गर्न सकिने भएकाले बढी कर्जा प्रवाह भएको हो ।

व्यवसायिक कृषि तथा पशुपन्छी शिर्षकको कर्जा हालसम्म १ खर्ब ६२ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तो कर्जा उपयोग गर्ने ६० हजार ऋणीमध्ये ५४ हजार २ सय ४५ जनाले १ खर्ब ५९ अर्ब ६९ करोड २७ लाख रुपैयाँ बढी धितो राखेर कर्जा उपयोग गरेका हुन् भने ५ हजार ९ सय १८ जनाले मात्र बिना धितो ३ अर्ब २६ करोड ६४ लाख रुपैयाँ कर्जा उपयोग गरेका हुन् ।

यसैगरी, महिला उद्यमशीलता शिर्षकमा ८३ हजार ३ सय ७९ जनाले ८८ अर्ब ११ करोड ४९ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै, धितो सहित लिइने कपडा उद्योग शिर्षकमा २ सय ४५ जनाले ३ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बढी कर्जा उपयोग गरेका छन् ।

यसैगरी शिक्षित युवा स्वरोजगारमा १ सय ५२ जनाले १० करोड, विदेशबाट फर्किएका युवा परियोजनामा ९ सय ५५ जनाले ७८ करोड ४ लाख, दलित समुदाय व्यवसाय शिक्षा १ हजार ९७ जनाले ७६ करोड ९० लाख ६४ हजार, भूकम्पन पिडित निजी आवास निर्माणका लागि २ सय १३ जनाले ६ करोड १९ लाख ९५ हजार, र सिटीईभिटी तालिमको आधारमा २ जनाले ४ लाख र युवा वर्ग स्वरोजगार शिर्षकमा २७ जनाले १ करोड ११ लाख रुपैयाँ कर्जा उपयोग गरेका छन् ।

यस्तो सहुतियतपूर्ण कर्जा २०७९ बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले १ लाख २४ हजार ७ सय ७९ जनालाई २ खर्ब २३ अर्ब ७५ करोड ८८ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले १९ हजार ६ सय ९५ जनालाई २९ अर्ब ३४ करोड ८ लाख ६७ हजार रुपैयाँ, वित्त कम्पनीहरुले १ हजार ८ सय २ जनालाई ३ अर्ब १६ करोड ५० लाख ७४ लाख रुपैयाँ र लघुवित्त वित्तीय संस्थाहरुले १ सय ६ जनालाई १० करोड ५१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्