Shikhar Insurance

लगानीकर्ता नेताहरूले काेइरालालाई ‘अनसन तोडे बहिस्कार गर्छौं’ भनेपछि…

बोर्ड प्रांगणमा भोलि बिहान ८ बजेदेखि १९ बुँदे माग पुरा नभएसम्म अनसन
सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १५:५५
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै लगानीकर्ता तिलक कोइराला भोलिदेखि (असार १ गते) अनसन बस्ने भएका छन् । उनले नेपाल धितोपत्र बोर्डको प्राङ्गणमा बिहान ८ बजेदेखि अनसन थाल्ने घोषणा गरेका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिमार्फत् कोइरालाले सेयर धितो कर्जाको ४/१२ नीति खारेज, ५८ बुँदे सुझाव कार्यान्वयन, नयाँ ब्रोकरलाई लाइसेन्स लगायत १९ बुँदे माग लिएर उनले आन्दोलनको घोषणा गरिसकेका छन् । आन्दोलनको कार्यक्रममा उनले असार १ गतेदेखि अनसन बस्ने अनौपचारी घोषणा गरेका थिए । त्यसलाई औपचारिक रुपमा घोषणा गर्न उनले आफूलाई साथ दिन सबै लगानीकर्ता संघका नेताहरुलाई काठमाडौं अनामनगर स्थित बाजेको सेकुवामा मंगलबार दिउँसो बोलाएका थिए । कोइरालाको आन्दोलनमा १० वटा लगानीकर्ता संघले साथ दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बाजेको सेकुवामा कोइरालाले गोप्यवार्ता भनेर १० वटै लगानीकर्ता संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई बोलाएका थिए । अनसनको क्रममा आफूलाई आइपर्ने समस्याको बारेमा जानकारी गराउँदै उनले त्यसको विकल्पसमेत बताएको गोप्य छलफलमा सहभागी एक लगानीकर्ताले सिंहदरबारलाई बताए ।

“कोइराला जीले सुरुमा खुट्टा कमाउँदै हुनुहुन्थो तर हामीले घोषणा भइसकेको अनसनबाट पछि हट्न मिल्दैन, आवश्यक साथ हाम्रो हुनेछ र माग कार्यान्वयन नभएसम्म अनसनबाट नउठ्ने सहमति भएको छ,” सहभागी एक लगानीकर्ताले सिंहदरबारलाई भने ।

ती लगानीकर्ताका अनुसार कोइरालाको साथ दिन सबै तयार छन् तर उनले बीचमा सामान्य आश्वासनको भरमा अनसन तोडे उनलाई सबै लगानीकर्ता बहिस्कार गर्नेसम्मको चेतावनी दिएका थिए ।

“उहाँका पनि केही कुरा सुनेर सबै पक्षले सहमति जनायौं । भोलि बिहान ८ बजेदेखि अनसन थाल्ने कुरा पक्का भयो,” उनले भने, “भोलि बिहानदेखि कोइराला जी माग पुरामात्र, कार्यान्वयनको पाटो सुरु नभएसम्म अनसन बस्नु हुन्छ ।”

ती लगानीकर्ता नेताका अनुसार आमरण अनसन पूर्वको आकस्मिक गोप्य वैठकले ४ वटा समिति गठन गरेको छ । ती समितिहरु व्यवस्थापन समिति, आर्थिक समिति, जनपरिचालन समिति र प्रचारप्रसार समिति हुन् ।

लगानीकर्ता संघका नेताहरुले ‘सामान्य आश्वासनका भरमा अनसन तोड्नु भयो भने लगानीकर्ताको संस्था र नेताहरुप्रति विश्वास उड्छ’ भनेपछि कोइराला अनसन प्रति थप दृढ बनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्