Shikhar Insurance

बैंकका कर्मचारीलाई नयाँ बिदा सिस्टम, राष्ट्र बैंकले खारेज गर्यो एक महिने व्यवस्था

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १७:०७
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सार्वजनिक बिदा र कार्यलय समय परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसमा शनिबार र आइतबारको सार्वजनिक बिदा खारेज भएको घोषणा गरेको हो ।

मंलबार केन्द्रीय बैंकले एक परिपत्रजारी गर्दै सनिबारमात्रै सार्वजनिक बिदा हुने र पुरानै कार्यालय समय (गत वैशाखकै) लागू हुने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले जेठ महिनाभर सातामा २ दिन सार्वजनिक बिदाको नीति लागू गरेको थियो । तर, सो बिदा नीति अव्यवहारिक भएको भन्दै १ महिनामै सरकारले साताको २ दिन बिदा खारेज गरी पुरानै बिदा नीतिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सरकारको सोही निर्णय अनुसारको परिपत्र बनाउँदै कार्यन्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्