Shikhar Insurance

रिलायन्स लाइफको ग्यारेन्टेड रिटर्न सहित ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार ११:३०
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजबाट प्रचलनमा ल्याएको छ । आयोजित एक समारोहबीच सार्वजनिक गरिएको बीमा योजना प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन, साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन । योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहि अनुरुप ’मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । बमिालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ । अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ । बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरि ढुक्क हुन सकिन्छ । बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।

यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २.५ गुणा सम्म रकम भुक्तान गरिनेछ । बीमा योजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ । बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ । बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बीमाशुल्क तिरे पुग्ने छ । बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।

सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्युन थप बीमाशुल्क तिरेर अतिरिक्त पुरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ । बिमितले बीमा योजनामा सहभागी भएको ३ बर्ष अवधि पुरा भइ ३ वर्षको बीमाशुल्क तिरी सके पछि सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिन पनि सक्नेछन् ।

बीमा योजनामा सहभागी हुनको लागि न्युनतम वीमा शुल्क रु २५,००० रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्युनतम र अधिकतम बीमाङ्क रकम भने बीमाशुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखि रु १ लाख रुपैंया वार्षिक बीमाशुल्क ७ वर्ष सम्म रु ७ लाख तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल रु. १७ लाख ५० हजार प्रदान गरिने छ । थप न्युन बीमाशुल्क १४ हजार ८ सय ४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्