Shikhar Insurance

माण्डु हाइड्रोले प्रिमियममा आईपीओ जारी गर्ने, माइखोलाको पनि आउँदै

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । माण्डु र माइखोला हाइड्रोले आईपीओ जारी गर्ने भएका छन् । दुवै कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका हुन् ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मुल्यमा सेयर जारी गर्ने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

यसैगरी प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले आफ्नो सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माइ खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यसैगरी प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेड बिच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्