Shikhar Insurance

सीडीको सीमा कटाउने १५ बैंक साइजमा आउँदै, कारवाही गर्नुपर्ने अवस्था आउँदैनः राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १४:४९
NIMB
Nabil Bank

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) सीमा माथि पुर्याउने १५ वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकमा स्पष्टीकरण पेश गरेका छन् । गत जेठ १६ गतेसम्म सीडी रेसीयो ९० प्रतिशतमाथि हुने वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले पत्र काटेको थियो ।

‘अगामी असार मसान्तसम्म सीडी रेसीयो ९० प्रतिशतमा झार्न के गरिरहेका छौ ? योजना पठाउ ।’ भन्दै राष्ट्र बैंकले बैंक अफ काठमाण्डू, सेञ्चुरी, एनबी, प्राइम, कुमारी, कृषि विकास र ग्लोबल आइएमई बैंकलाई प्रत्र पठाएको थियो । जेठ १६ सम्म सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएका नबिल, हिमालयन, नेपाल इन्भेष्टमेण्ट, सनराइज, सिद्धार्थ, एनसीसी, सिटिजन्स र नेपाल बैंकलाई पनि राष्ट्र बैंकले पत्रचार गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले यी वाणिज्य बैंकहरुलाई नेट लिक्विड एसेट (एनएलए) म्यानेटमेन्टमा के गरिरहेका छौ ? भन्ने प्रश्न गर्दै असारको पहिलो साताभित्र लिखित जवाफ पेश गर्न समय दिएको थियो ।

१५ वटै वाणिज्य बैंकहरुले असार ७ गते अगावै सो पत्रको जवाफ बुझाइ सकेको राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले जानकारी दिए ।

‘हिजोसम्मको समय थियो, पत्रचार गरिएका सबै वाणिज्य बैंकहरुले जवाफ पेश गरेका छन् भने सोही अनुसार काम पनि गरिरहेका छन्,’ कार्यकारी निर्देशक ढकालले सिंहदरबारसँग भने, ‘सीडीको सीमा नाघ्ने वाणिज्य बैंकहरुलाई एसेट म्यानेजमेन्टमा के गरिरहेका छौ ? प्लान लेउ, भनेका थियौं, पेश गरेका प्लान अनुसार नै काम गरेका रहेछन् । सीमा कटाउने बैंकहरुले असार मसान्तसम्म ९० प्रतिशत तल सहजै पुर्‍याउने देखिन्छ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसीयोको व्यवस्था लागू गरी २०७९ असार मसान्तसम्म कायम गरिसक्न निर्देशन दिएको थियो । तर, दिइएको समय सीमा नजिक आइसक्दा पनि दर्जन बढी वाणिज्य बैंकको सीडी रेसीयो ९० प्रतिशतमाथि भएपछि गत जेठ १७ गते राष्ट्र बैंकले पत्राचार गरेको हो । उक्त समयसम्म ७ वटा वाणिज्य बैंकको सीडी रेसीयो ९२ प्रतिशतमाथि र ८ वटा वाणिज्य बैंकको ९० देखि ९२ प्रतिशतसम्म गरी १५ वटाले सीडी रेसीयोको सीमा कटाएका थिए ।

‘बैंकहरुले ऋणपत्र जारी गर्ने, नयाँ कर्जा रोक्ने, कर्जा विक्री गर्ने, निक्षेप व्यवस्थापन गर्ने जस्ता कार्य गरेका छन्,’ ढकालले भने, ‘बैंकहरुले प्लान अनुसार नै काम गरेको देखिन्छ । असार मसान्तसम्म सबै बैंकको सीडी रेसियो सीमाभित्र आइसक्नेमा हामी आशावादी छौं ।’ ढकालले सबै बैंक कारबाहीबाट बच्ने पनि अनुमान गरे ।

अहिले वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८९ को हाराहारीमा छ । ढकालका अनुसार वाण्ज्यि बैंकहरुको सीडी सिमाभन्दा केही बढी भएपनि विकास बैंक र वित्त कम्पनीमा समस्या नरहेको सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्