Shikhar Insurance

सेयर बजारको उँधोगतिः ३१ अंकले घटेर नेप्से १८९३ अंकमा पुग्दा ८४ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७९ असार ८, बुधबार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार निरन्तरता पाएको छ । मंगलबार ३७ अंकले बढेको भएपनि नेप्से परिसूचक बुधबार ३१ अंकले घटेर अघिल्लो बुलको शीर्ष बिन्दु नजीक पुगेको हो ।

इन्ट्रा डे कारोबारमा केही दिन अघि नेप्से १८८० अंकसम्म पुगेको थियो । बुधबार परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंक कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से १.६२ प्रतिशतले घट्नुको कारण १७३ कम्पनीको सेयर मूल्यमा गिरावट आउनु रह्यो । कारोबारमा आएका आँधिखोला लघुवित्त र ग्लोबल आईएमई स्किम–१ मा पोजिटिभ सर्किट लागेपनि समूहगत उपसूचक पनि सबै राताम्य बने ।

उल्लेखित २ सहित १९ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

गुमाउनेमा युनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ता अगाडि रहे ।

यसदिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३ करोड ३८ लाखको सेयर किनबेच हुँदा नेपाल लाइफ, नेपाल बैंक, एनसीसी बैंक, एनआईसी एशिया, नेसनल हाइड्रोको २ करोडभन्दा बढीको सेयर किनबेच भए ।

दिनभर २२९ स्क्रिप्टका ३० लाख ३४ हजार कित्ता सेयर ८४ करोड ३७ लाख ७३ हजार रूपैयाँमा किनबेच भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्