Shikhar Insurance

नेप्से परिसूचक दोहोरो अंकले घट्दा सानिमा बैंकको प्रमोटर सेयरको मात्रै ३० करोड बढीकाे कारोबार

सिंहदरबार संवाददाता
२०७९ असार २१, मंगलवार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो दिन अथात् सोमबार सामान्य अंकले घटेर करेक्सनमा आएको नेप्से मंगलबार भने दोहोरो अंकले घटेको हो ।

केहि समय अघि ६ बर्ष अगाडिको शीर्ष बिन्दुमा मुनि पुगेका नेप्से परिसूचक एक साता अघिदेखि भने निरन्तर बढिरहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २२९ स्क्रिप्टको ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

सो दिन नेप्से परिसूचक ४६.०८ अंक अर्थत् २.२२ प्रतिशतले घटेर २ हजार ३०.५९ को विन्दुमा बन्द भएको छ । ठुला कम्पनीको सेयर कारोबार मापक सेन्सिटिभ इण्डेक्स पनि ८.७१ अंकले घटेर ३८७.२३ को वन्दुमा बन्द भएको हो ।

कारोबार रकमको आधारमा सानिमा बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा छ । बैंकको ३० करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भए । त्यसैगरी अरुण काबेली पावरको ११ करोड ८२ लाख ६८ हजार, शिव्म सीमेन्ट कम्पनीको, १० करोड ६० लाख ७५ हजार, हिमालयन डिस्टिलरी कम्पनीको १० करोड २१ लाख ६५ हजार र अपर तामाकोशी हाईड्रो पावर कम्पनीको ८ करोड ५७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरु मालामाल भएका छन् । संस्थाको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य बढेको हो । त्यस्तै ङादी ग्रुप पावर कम्पनीको ९.९७ प्रतिशत र आँधिखोला लघुवित्त वित्तीय संस्थाको ९.६१ प्रतिशतले बढेको छ ।

कारोबारमा आएको १७ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

समूहगत उपसूचकहरु सबै घटेको छ । सबैभन्दा बढी व्यपार समूहको ३.८८ प्रतिशतले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्