Shikhar Insurance

नेप्से सामान्य अंकले सुधार, कारोबार रकम २ अर्ब

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । दुई दिन घटेको नेप्से आज भने बढेर बन्द भएको हो । कारोबारको सुरुदेखि घटिरहेको नेप्से २ बजेर ४० मिनेट जाँदा भने सामान्य अंकले बढेको हो ।

बुधबार कारोबारमा आएको १२३ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २ हजार ४३.९२ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सिटिभ इण्डेक्स १.६८ अंकले बढेर ३ सय ८८.९१ को विन्दुमा बन्द भएको हो ।

कारोबार रकमको आधारमा गोर्खस फाइनान्स शीर्ष स्थिामा छ । संस्थाको ११ करोड ७२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भए । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख ४६ हजार,सिभिल बैंकको १० करोड ५४ लाख ३६ हजार, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख ७१ हजार र अपर तामाकोशीको ८ करोड ६९ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भए ।

सो दिन लाइफ इन्स्योरेन्स कर्पोरेसनको लागानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र तेह्थुम पावर कम्पनीको ७.७८ प्रतिशतले बढेको छ ।

दिनभरीमा २२८ स्क्रिप्टका ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्रि भए ।

समूहगत उपसूचकहरु १० वटा बढेका छन् भने ३ वटा घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको सेयर मूल्य २.७२ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्